पोखरा । उपचार खर्च अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वार्डमा छटपटाइरहेकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्रले १५ हजार सहयोग गरेको छ ।
तमकुमारीका पति विकल रोकामगरलाई ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्रका अध्यक्ष ब्रह्मकुमार मनिराज पोखरेलले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
पोखरा १० का बेलायती भूपू सैनिक ८६ वर्षीय टेकबहादुर गुरुङले अस्पतालमै पुगेर ७ हजार सहयोग गरेका छन् ।
खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी तमकुमारी २६ वैशाखमा घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी हुन् । उनी म्याग्दीको मालिका ३, पात्लेकी रैथाने वासिन्दा हुन् । पोखरामा उपचाररत तमकुमारीका ८ महिनाकी छोरी र ४ वर्षका छोरा अहिले गाउँमै छन् ।
पति विकल रोकामगरले उपचारको लागि २५ हजार जोहो गरेका थिए । एम्बुलेन्समा पोखरा ल्याउँदा १२ हजार सकियो । आमा चन्द्रकली पुनमगरले ३० हजार ऋण खोजेर छोरीको उपचारमा पहल गरिन् । परिवारसँग भएको रकम सकिएपछि थप उपचारका लागि भौतारिएका विकललाई साथ दिइरहेकी छन् सामाजिक अभियन्ता तथा आफन्ती भीमसरा घर्तीमगरले । भीमसराको पहलमा स्थानीय व्यक्ति, संघसंस्था, मालिका गाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ३ लाख ७ हजार २ सय ५ संकलन भएको छ ।
Related News
सम्बन्धित समाचार
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
वडामार्फत् भूमि सेवा दिने तयारी
पोखरा १३ का उपलब्धि : सिपमूलक तालिमसँगै विकास निर्माण
पोखरा २६: वर्षदिनमा १ सय २९ योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०