लेकसाइडमा गएराति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८०
accident

पोखरा । पोखराको लेकसाइडमा गएराति मोटरसाइकल दुर्घटनामा एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको कपन बस्ने १८ वर्षीय सफल खतिवडा हुन् । मोटरसाइकल चालक तनहुँको म्याग्दी गाउँपालिका ४, थर्पुका १७ वर्षीय संगम बानियाँ घाइते छन् ।

राति १ः१० बजे हल्लनचोकदेखि गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई खहरेचोकको बिजुलीको पोलमा ठोक्किन पुगेको थियो ।

दुर्घटनापछि दुवैजनालाई सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पताल पठाइएकोमा सफललाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मोटरसाइकल चालक संगमको टाउको र घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width