प्रेस सेन्टरको गोरखा घोषणापत्र

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८०
press center progrem

हेमजा । सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन प्रेस सेन्टर नेपालले माग गरेको छ ।

गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारणसभाले ११ बुँदे ‘गोरखा घोषणापत्र’ जारी गर्दै बोर्डको निर्णयले स्वरोजगारमूलक सञ्चारमाध्यम र पत्रकारलाई असर पर्ने भन्दै सच्चाउन माग गरेको हो ।

कोभिड–१९, विश्वव्यापी आर्थिक मन्दीजस्ता कारणले समस्यामा परेका सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको पेसागत सुरक्षाका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन तथा विज्ञापन क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएको साधारणसभापछि प्रेस सेन्टर गण्डकी महासचिव सन्तोष गौतमले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।

पत्रकार तथा सञ्चारकर्मीले तोकिएको पारिश्रमिक नियमित र समयमै नपाउने समस्या समाधानका लागि अगुवाइ, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको न्युनतम तलब र समाचारको पारिश्रमिक वृद्धि, समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन, प्रविधिमैत्री, मर्यादित, विश्वसनीय, सन्तुलित र निष्ठायुक्त पत्रकारिताको विकासका लागि पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, संविधानको रक्षाका लागि प्रगतिशील र परिवर्तनकारी पत्रकारको धु्रवीकरण र एकताका लागि आह्वान गरेको साधारणसभाले स्वच्छ, जिम्मेवार र उत्तरदायी पत्रकारिताको विकासका लागि सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानको स्वागत गर्दै सो अभियानलाई देशभरका जिल्ला र प्रतिष्ठान शाखामा कडाइसाथ कार्यान्वयन गर्न आह्वान गरेको छ । भ्रष्टाचारविरुद्धको अभियानलाई ठोस निष्कर्षमा पुर्‍याउन सरकारलाई अनुरोध गरेको साधारणसभाले जनजीविका, सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका मुद्दामा केन्द्रित हुन आमपत्रकार तथा सञ्चारमाध्यमलाई आह्वान गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित एवं पूर्ण व्यावसायिक एवं जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ । ऐतिहासिक महत्व बोकेको गोरखा जिल्लासहित गण्डकी प्रदेशको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको विशेष आतिथ्यतामा भएको सभामा गण्डकी प्रदेशका पत्रकार, स्वरोजगारमूलक (अनलाइन) सञ्चारमाध्यमको अवस्था, समस्या, चुनौती र पत्रकारितामा रुपान्तरणको विषयमा छलफल गरिएको थियो । प्रेस सेन्टर गण्डकी अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले स्वागत र महासचिव सन्तोष गौतमले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइमा लगातार धर्ना जारी राखेको छ । परिषद् कास्कीले पनि पोखराको…
  • कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पत्रकार कृष्णमणि बरालले वातावरण पत्रकारिता पुरस्कार–२०२२ पाउने भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण…
  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…
  • सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा ९ वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । वडावासीले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा…

hero news full width

trending post

ट्रेन्डिङ्ग