हेमजा । नेलम्बो नेपालले रुपा गाउँपालिकामा निशुल्क दन्त शिविर गरेको छ । गाउँपालिकाको समन्वयमा वडा नं. ५ देउरालीस्थित विश्व शान्ति माविमा सञ्चालन भएको शिविरबाट ३ सय ३ जना लाभान्वित भए ।
५ दिनसम्म चलेको शिविरमा दन्त परीक्षण, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिजाको उपचार दाँतको जरैदेखि उपचार (आरसिटी) का साथै औषधीसमेत वितरण गरिएको थियो । शिविरमा डा.सिजन मर्सानीको नेतृत्वमा ८ जना स्वास्थ्यकर्मीको टोली उपचारमा संग्लन थियो ।
गाउँपालिका अध्यक्ष नवराज ओझाले नेलम्बोसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो अघिल्लो कार्यकालमा पनि थुपै क्रियाकलाप सञ्चालन गरेको स्मरण गरे । वडाध्यक्ष राजन खनालले शिविरको प्रशंसा गर्दै मानवीय सेवाका क्रियाकलापलाई नेलम्बोले निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले बिरामीहरूलाई फलोअप गरी पुन: उपचार पनि गरिने स्पष्ट पारे ।
Related News
सम्बन्धित समाचार
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
hero news full width
मुख्य समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०