डा. जगमान गुरुङ
पोखरा । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले दिएको अभिव्यक्तिप्रति नौंचु पैंगीलामा परिवारले आपत्ति जनाएको छ । गत बुद्धपुर्णिमाको दिन कास्कीको याङ्जाकोटमा आयोजित एक कार्यक्रममा उनले नौंचु पैंगीलामा गुरुङहरुको मानमर्दनमा ठेस पु¥याउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने मागसमेत गरिएको छ ।
नौंचु पैंगीलामा गुरुङलाई ‘तोल्च्यो पैंगीलामा’ भनेर होच्याएको साथै विगतमा ताङतिङका वासिन्दाले जालसाजी गरी याङ्जाकोट गाउँका खर्क, सिमाना हडपेको भाम्रक कुरा गरेर समुदायमा विवाद सिर्जना गर्न खोजेको नौंचु पैंगीलामा गुरुङ ताङतिङका अध्यक्ष विर्जमान गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सार्वजनिक पद धारण गरिसकेको व्यक्तिले प्रचलित कानुन र संविधानविपरीत आधारहीन भ्रामक कुरा गरेर कुनै जातीय, समुदाय विशेष र गाउँलाई होच्याउने, मान मर्दन गर्ने कार्य, जातीय विद्वेष र सामाजिक सद्भभ बिथोल्ने खालको गैरसंवैधानिक छ,’ विज्ञप्तिमा लेखिएको छ । डा. जगमानले भनाइ फिर्ता लिएर माफी नमागे आफ्नो समाजले जुनसुकै कदम चाल्ने चेतावनीसमेत दिइएको छ ।
साथै, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री वेदबहादुर गुरुङले पनि डा. जगमानको उक्त भनाइप्रति खेद प्रकट गरेका छन् ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०