पोखरा । आयोजक अरण्यज्योति क्रिकेट क्लब र पेलिकन्स क्रिकेट क्लब लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनल प्रवेश गरेका छन् ।
अरण्यज्योतिले सांग्रिला क्रिकेट क्लबलाई र पेलिकन्सले बागलुङ क्रिकेट क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा आइतबार पहिलो सेमिफाइनलमा अरण्यज्योतिले सांग्रिलालाई ३० रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको अरण्यज्योतिले २० ओभरमा ६ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसको व्याटिङमा अभिषेक बस्नेतले ३१ तथा विवेक नेपालीले १८ रन जोडे । सांग्रिलाका बलरहरु आदर्श झा र कृष्ण कार्कीले समान २ विकेट लिए ।
जितका लागि १०५ रनको लक्ष्य पाएको सांग्रिलाले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७४ रन मात्र बनायो । सांग्रिलाको तर्फबाट नारायण जोशीले २४ तथा सिब्रिन श्रेष्ठले १८ रन जोडे । अरण्यज्योतिका बलरहरु अब्दुल मियाँले ४ र अमरसिंह राउटेलाले ३ विकेट लिए । खेलमा राउटेला प्लेयर अफ दि म्याच बने ।
आज हुने फाइनलमा विजेताले ८० हजार र उपविजेताले ४० हजार प्राप्त गर्ने
अर्को सेमिफाइनलमा पेलिकन्स क्रिकेट क्लब, तनहुँले बागलुङ क्रिकेट क्लबलाई ७ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको तनहुँले १५.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रन बनाएको थियो । बागलुङको तर्फबाट प्लेयर अफ दि म्याच प्रतीक श्रेष्ठले ४० रन हाने । प्रत्युत्तरमा बागलुङले पूरा २० ओभर खेल्दै १० विकेटको क्षतिमा ७९ रन बनायो । बागलुङका लागि दीपेन्द्र रावतले २१ तथा विश्व कार्कीले १२ रन बनाए । तनहुँका बलरहरु कमल परियारले ३ तथा चन्द्रकान्त पौडेल, प्रतीक श्रेष्ठ र सन्दीप पराजुलीले समान २ विकेट लिए । फाइनलमा सोमबार हुनेछ ।
टि–२० मा आधारित यो प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने आयोजक क्लब अध्यक्ष कमल थापाले बताए ।
क्रिकेट खेलको विकाससँगै प्रतिभा प्रस्फुटनका लागि लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा अरण्ज्योतिले गत १ जेठदेखि प्रतियोगिता सञ्चालन गरेको हो । जसमा पोखराको माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब, काठमाडौंका क्रिकेट एक्सिलेन्स सेन्टर र किङ्स क्रिकेट क्लबले भाग लिएका हुन् ।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०