पोखरा । पोखराको न्युरोडमा रहेको कञ्चन कम्प्युटर सेवाले शनिबार रजत जयन्त मनाएको छ । स्थापनाको २५ वर्षको अवसरमा कम्प्युटरले कञ्चन दर्पण स्मारिका लोकार्पणसहित सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
वार्षिकोत्सवको प्रकाशित स्मारिकाको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, कम्पनीका व्यवस्थापक लक्ष्मी त्रिपाठी बास्तोला, सञ्चालक चिन्तामणि बास्तोलालगायतले लोकार्पण गरेका थिए । सोही कार्यक्रममा कम्पनीमा १५ वर्ष सेवा गरेका सुरज आचार्यलाई दीर्घसेवा सम्मानबाट सम्मान गरिएको थियो । उनलाई नगद १५ हजार रुपैयाँ, दोसल्ला, प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै कञ्चन कम्प्युटरमा १० वर्ष सेवा गरेका ६ जना कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मान हुनेहरू विभुषण तिमिल्सिना, केशबहादुर थापा, योगेन्द्र सिजापती, कृष्ण रानाभाट र विश्वराज त्रिपाठीलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको हो ।
कञ्चन कम्प्युटरले सामाजिक उत्तरदायित्वअन्तर्गत संस्कृत माविमा २५ हजार रुयैयाँ अक्षय कोषका लागि सहयोग गरेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि ३ वटा ह्वील चियर प्रदान गरेको थियो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले कञ्चन कम्प्युटर सरल, सहज र सुपथका लागि परिचित भएको बताए । देशको अर्थतन्त्र धारसयी भएको अवस्थामा पनि अनवरत सञ्चालन भएर सेवा दिनु कञ्चन कम्प्युटरको विगत भएको उनले सम्झिए । पछिल्ला समय कम्प्युटरले रोजगारसँगै उद्यमी पनि उत्पादन गरिरहेको को अध्यक्ष प्रजापतीले बताए । ‘व्यवसाय धरासयी भएको अवस्थामा यसले धेरैलाई रोजगारी दिएको छ,’ उनले भने, ‘रोजगारमात्र नभएर यसले उद्यमी पनि उत्पादन गरेको छ ।’
सञ्चालक चिन्तामणि बास्तोलाले आफूहरूले नयाँ प्रविधिलाई अँगाल्दै जाँदा २५ वर्षे यात्रा सम्भव भएको बताए । यसमा आफ्नो परिवार र कर्मचारीहरूको राम्रो साथ रहेको उनले सुनाए । ‘परिवार र कर्मचारीहरूको मेहनतले आज २५ वर्ष पूरा गरेका छौं । मैले नयाँ प्रविधिलाई पनि ध्यान दिए,’ उनले भने, ‘यो यात्रामा सुखमात्र थिएनन् दुख अनि केही तिता अनुभव पनि रहे । यो यात्रामा साथ दिने सबैलाई धन्यवाद ।’
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनीलकुमार शाही, नेपाली कांग्रेसका नेता सोभियतबहादुर अधिकारी, सिर्जजना विकास केन्द्रका अध्यक्ष कृष्ण थापा, बेसलाइन बोर्डिङ स्कुलमा प्रिन्सिपल षडानन्द गौतम, मुद्रण व्यवसायी संघ कास्की अध्यक्ष दिनेशचन्द्र बास्तोला, पूर्व कर्मचारी दीपकप्रकाश आचार्य, सिनियर ग्राफिक्स डिजाइनर डिलबहादुर जिसीलगायतले रजत जयन्तीका अवसरमा शुभकामना दिएका थिए ।
कञ्चन कम्प्युटर व्यवस्थापक लक्ष्मी त्रिपाठी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम कर्मचारी सुरज आचार्यले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०