सांग्रिला र सिइसीको विजयी सुरुआत

आदर्श समाज सम्वाददाता
जेठ ५, २०८०
Aramdyajyoti pom

पोखरा । अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरा रंगशालामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कपमा बिहीबार सांग्रिला क्रिकेट क्लब र काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) विजयी भएका छन् ।

पहिलो खेलमा सांग्रिलाले तनहुँको पेलिकन्स क्रिकेट क्लबलाई १४ रनले पराजित गर्‍यो । टस हारेर व्याटिङ गरेको सांग्रिलाले १८.२ ओभरमा पुरा विकेट गुमाएर १ सय २ रन बनायो । राजु खनालले ३२ तथा विपिन खत्री र शरद भेषावकरले समान १८ रन जोडे ।

तनहुँको बलिङमा चन्द्रकान्त पौडेलले ४ विकेट लिए । जितका लागि १०३ रनको लक्ष्य पछ्याउनेक्रममा तनहुँको टोली १९.४ ओभरमा ८८ रनमै खुम्चियो । तनहुँको व्याटिङमा नवीन यादवले १९ तथा कृष कार्कीले १५ रनबाहेक अन्य व्याट्स्म्यानले दर्शनीय प्रदर्शन गर्न सकेनन् ।

प्लेयर अफ दी म्याच सांग्रिलाका बलर कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै सिव्रिन श्रेष्ठले पनि ३ तथा नारायण जोशीले २, विपीन खत्री र शरद भेषावकरले एक एक विकेट लिए ।

अर्को खेलमा सिइसीले राइजिङ क्रिकेट क्लब पोखरालाई ६ विकेटले पराजित गरेको छ । पहिला व्याटिङ गरेको राइजिङले १४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रनमात्रै बनाउन सक्यो । जसमा सन्दीप खत्रीले २९ तथा अनिल गुरुङले ९ रन हाने ।

म्यान अफ द म्याच सिइसीका सुवास खत्रीले ४ विकेट लिँदै पोखराको व्याटिङ लाइन अप कमजोर पारे । अविनाश बस्यालले ३ तथा किरण चन्दले २ विकेट लिए ।

६० रनको मात्र लक्ष्य पाएको सिइसीले १६ औं ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको हो । सिइसीका लागि विराट भण्डारीले अविजित ३४ रन बनाए ।

पोखराका बलर धीरज शाही ठकुरीले २ तथा करण केसी र कृष्ण पौडेलले एक एक विकेट झारे ।

आठ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र बागलुङ क्रिकेट क्लब समूह ए बाट सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

टि–२० आधारमा हुने प्रतियोगिता आगामी जेठ ८ सम्म सञ्चालन हुनेछ । विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • ‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत् महिला भलिबल खेलाडी उत्पादन गर्ने भएको छ । परिषदको आव…
  • मेयर कपको उपाधि वडा नम्बर २ लाई

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा सञ्चालित तेस्रो बेसीसहर मेयर कप सम्पन्न भएको छ । बेसीशहर नगरपालिकाको खेलकुद विकास समितिले…
  • देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी…
  • ठेलोमा पर्वतको वर्चश्व

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    पोखरा । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतले उपाधिमा कब्जा जमाएको छ । पहिलो, दोस्रो र तेस्रो तिनै स्थानमा पर्वत…
  • कास्की जिल्ला बक्सिङ संघमा सुमन

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा। कास्की जिल्ला बक्सिङ संघको पाँचौ अधिवेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको प्रथम…

hero news full width