बद्रीलाई १ किलो चाँदी उपहार

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८०
Bajaj Photo

पोखरा । बजाज नेपालले हेमजाका बद्री पौडेललाई १ किलो चाँदी उपहार दिएको छ । नेपालमा लिडरसिपको २५ औं वार्षिकोत्सव अवसरमा सञ्चालन गरेको लक्की ड्र विजेता पौडेललाई बुधबार चाँदी उपहार दिइएकोे हो । बजाजको पोखराका लागि आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल प्रालिको तर्फबाट कम्पनी अध्यक्ष इच्छामान बुद्धाचार्य, मानव संसाधन प्रबन्धक भगवान् बिजुक्छे लगायतले उपहार प्रदान गरेका हुन् । पौडेलले इच्छाशक्तिबाट १२५ सिसीको मोटरसाइकल खरिद गरेका थिए ।

यसैगरी, १२५ सिसीसम्मको मोटरसाइकल खरिदमा सामसङको १९२ लिटरको फ्रिज उपहार सुविधा रहेको भगवान् बिजुक्छेले बताए । नयाँ वर्षको अवसरमा मोटरसाइकल खरिद गर्दा १० हजार छुट, हेलमेट, ले–गार्ड, १ वर्षको कर छुट, ५ वर्षको इन्जिन वारेन्टी र ७ पटक फ्रि सर्भिसिङ प्रदान गरिने उनले बताए । फाइनान्स सुविधाअन्तर्गत ५० प्रतिशत डाउन पेमेन्टमा ६.९९ व्याजदरमा १८ महिनाको किस्ता सुविधा रहेको उनले सुनाए । साथै, २५ प्रतिशत डाउन पेमेन्टमा २४ महिनाको किस्ता सुविधा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width