पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिउँदो इतिहासका रुपमा रहेका आमाबुवा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका छन् ।
बुधबार प्रभा पौडेल सुवेदीद्वारा प्रकाशित पुस्तक ‘आमा २’ विमोचन गर्दै उनले आफ्नो जीवनकालभरि परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका आमाको ज्ञान सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नैतिक शिक्षाको अभावले समाज विकृत हँुदै गएको बताए । संसारको बहुमूल्य ज्ञान आमाबाटै प्राप्त हुने भन्दै उनले आमाको महिमा अपरम्पार रहेको बताए ।
पुस्तकका लेखक दुर्गा अधिकारीले संसारमा आमाको महत्व शब्दमा व्यक्त गर्न नसकिने भन्दै विभिन्न धर्म ग्रन्थले समेत आमाको महिमालाई वर्णन गरेको बताइन् । उनले सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि सजिलै बुझन सकूँन् भन्ने उद्देश्यले पुस्तकलाई सरल भाषा र शब्दमा लेखिएको जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सन्तानको सबैभन्दा नजिकको साथी आमा हुने भन्दै आमासंग सन्तानले हरेक सुखदुख बाँड्न सक्ने बताइन् ।
प्रकाशक सुवेदीले आमाको ८१ आंै जन्मोत्सवमा आमाले प्रदान गरेका ज्ञान, शिक्षा, वंश, शाखा सन्तानमा जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याएको बताइन् । उनले आमाको सम्मान र श्रद्धामा यो पुस्तक आमा २ प्रकाशन गरेकी हुन् ।
ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखा प्रमुख ब्रम्हकुमारी राजयोगिनी अप्सराले मानिस भौतिक सुख प्राप्तिका लागि दौडधूपका कारणले समाजमा अशान्ति बढेको उल्लेख गर्दै शान्तिका लागि आत्मिक ज्ञानको महत्वपूर्ण भूमिका रहने बताइन् । कार्यक्रममा प्रकाशककी आमा इन्दिरा शर्माले कविता बाचन गर्नुभएको थियो । कार्यक्रम प्रकाशकका पिता नेत्रविलास शर्माको अध्यक्षतामा भएको हो ।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा
बासु पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान
गीतकार विनोद गौचनको जन्मजयन्ती
साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन
लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०