पोखरा । मदरल्याण्ड माध्यमिक विद्यालय, पोखरामा सोमबार क्याप्टेन छनोटमा निर्वाचन अभ्यास गरिएको छ ।
प्रचलित निर्वाचन प्रणालीबारे विद्यार्थीलाई ज्ञान दिने लक्ष्य राखेर सामाजिक अध्ययन विभागले सो कार्यक्रम गरेको हो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई मतदाता तथा उम्मेदवाररूपमा सहभागी गराइएको थियो ।
विद्यार्थीमा सैद्धान्तिक साथै व्यावहारिक शिक्षाका माध्यमबाट चौतर्फी विकास गर्ने उद्देश्यले निर्वाचनको अभ्यास गरिएको विद्यालय प्राचार्य नारायण बरालले बताए ।
विद्यालय तहमा क्याप्टेन छान्न यो पहिलो अभ्यास भएको विभागीय प्रमुख गुरुदत्त दवाडीले बताए । १० दिनदेखि सोको तयारीमा लागेर मतदाता नामावली, मतपत्र, विद्यार्थीको कक्षागत र स्कुल क्याप्टेनको उम्मेदवारको तयारी साथै उनीहरूको परिचयपत्र निर्माण गरिएको तथा निर्वाचन अभियानमार्फत मत माग्दै कक्षागत रूपमा विद्यार्थी आफैँले प्रचारप्रसारमा भाग लिएका थिए ।
कार्यक्रममा विद्यालय निर्देशक त्रिभुवन शर्मा, दस जोड दुई इन्चार्ज नारायण आचार्य, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपाने लगायतले विद्यार्थीलाई निर्वाचन तथा प्रतिनिधि छानिएर जाने यो प्रक्रियाको जानकारी तथा अभ्यास विद्यालय तहमा यसरी गराइनु अत्यन्त उत्तम भएको बताए ।
२ दिनसम्म चलेको निर्वाचन प्रणालीमा अघिल्लो दिन सोमबार कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूले मतदान गरेका थिए । मंगलबार ४ देखि ६ सम्मका विद्यार्थीले भाग लिएका थिए ।
सोको लागि निर्वाचनका लागि आवश्यकीय सामग्री मपपेटिका, स्वस्तीक छाप, गोप्य मतदान बार आदि प्रदेश निर्वाचन आयोगको कार्यालयबाट प्राविधिक सहयोगको रूपमा ल्याइएको थियो ।
सामाजिक विभागका सदस्य सुनिल सुवाल प्रमुख निर्वाचन आयुक्त र विभागीय प्रमुख गुरुदत्त दवाडी प्रमुख पर्यवेक्षकको रुपमा खटिएका थिए ।
प्रदेश निर्वाचन आयोग गण्डकी प्रमुख हुमनाथ पराजुलीले कार्यक्रमको उद्घाटन गर्दै नेपालमा हुने निर्वाचन प्रणालीबारे विद्यार्थीलाई जानकारी गराएका थ्एि । उनले विद्यालयले गर्न लागेको निर्वाचन प्रणालीको अभ्यासको प्रशंसा गरे ।
पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत विद्यार्थीले कक्षा क्याप्टेनलाई मतदान गरेका थिए भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत तहगत स्कुल क्याप्टेनलाई सम्पूर्ण विद्यार्थीले समानुपातिकको मतपत्रको फरकफरक चिन्हमा रेजा लगाए । अब मतगणना गरी छिट्टै कक्षा क्याप्टेन र स्कुल क्याप्टेनको नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृत तथा सामाजिक अध्ययन विभागका सदस्य शिक्षक आनन्द शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
कुँडहर आधारभूत स्कुलमा रोपियो फूलका बिरुवा
गण्डकी बोर्डिङमा नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
माउन्ट अन्नपूर्णमा अभिभावकलाई प्रशिक्षण
मदरल्यान्डमा विद्यार्थीलाई म्याकबुकसहित सम्मान
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०