बेस्ट फाइनान्सको साधारण सभा

आदर्श समाज सम्वाददाता
जेठ १, २०८०
best finance

पोखरा । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ ।
सञ्चालक समिति अध्यक्ष खिमलाल पौडेलले उद्घाटन गरेको सभाले आव २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आव २०७९/०८० का लागि वाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा सेयरधनीले राखेका प्रश्न एवं जिज्ञाशा संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले सभामा उपस्थित सम्पूर्णलाई जानकारी गराएका थिए ।

सभामा प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले स्वागत मन्तव्य तथा मुख्य लगानीकर्ता एनआरएनका उपाध्यक्ष रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द) ले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संस्थाका कम्पनी सचिव राजसुन्दर श्रेष्ठले गरेका थिए ।

हाल संस्थाको १८ वटा शाखा कार्यालयहरुबाट बंैकिङ सेवा सञ्चालन गरिरहेको तथा आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको छ । वित्तीय संस्थाको आफ्नो ग्राहकवर्गलाई डिजिटल बैंकिङ, सिआस्वा सेवा, अनलाइन् मार्फत् खाता खोल्ने सुविधा लगायत अन्य थप बैंकिङ विस्तार गर्दै लैजाने योजना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width