पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत् निशुल्क स्वास्थ्य शिविर भएको छ ।
बरेङ गाउँपालिकाको व्यवस्थापनमा सर्वोदय माविमा भएको शिविरमा ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराए । शिविरमा नाक, कान, घाटी, हाडजोर्नी, मुटु, छाती, पेट, स्त्रीरोग, सुगर, थाइराइड लगायत रोगको परीक्षणसहित भिडियो एक्सरे, इसिजी, रगत तथा पिसाब परीक्षण समेत गरिएको थियो ।
शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले युनाइटेड क्लबले दुर्गम गाउँमा आइ शिविरको आयोजना गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, निम्न आयस्तर भएका नागरिकलाई राहत प्रदान गरेकोमा धन्यवाद दिए । कार्यक्रममा वडा १ का अध्यक्ष नरसेङ पुन, डा. सरोज पोख्रेल, कार्यक्रम संयोजक जयराम आचार्य लगायतले बोलेका थिए । क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत र महासचिव दिनेश सुनारले सञ्चालन गरेका थिए ।
शिविरमा डा. नारायण ओझा, डा. सरोज पोख्रेल, डा. झपिन्द्र पोख्रेल, डा. आनन्द भट्टराई, आकाशमणि भण्डारी, डा. सुस्मित काफ्ले, डा. मिलन तिवारी, डा. ऋतिका अधिकारी, डा. ऋषि थापा, डा. ऋषिका चन्द, डा.रजनी राना मगर, डा. पदमबहादुर पुन लगायत प्राविधिक खटिएका थिए ।
पोखरा महोत्सव आयोजना गरी बचत रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लबले प्रत्येक वर्ष विकट गाउँमा शिविर आयोजना गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०