गलकोट । गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले सो गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
उनले यस गुम्बाको स्थानीय मिलेर संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारीकरणमा जनताले बुझ्ने तरिकाले योजना अगाडि ल्याइने बताए ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले खाडीमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङमार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रमा प्रदेश सरकारले निशुल्क विद्युतको व्यवस्था गर्ने घोषणासमेत गरे ।
उक्त गुम्बाको संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीको सहयोगमा संकलित ८० लाख रकमबाट निर्माण गरिएको हो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए । कार्यक्रममा भिक्षु महासंघका केन्द्रीय सदस्य भान्ते निरांकरले सो उदय रिघाबुद्ध विहार भिक्षुलाई हस्तान्तरण गरेका थिए । गुम्बा निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा १२ वर्षअघि शिलान्यास गरिएको गुम्बा निर्माणले अहिले सार्थकता पाएको हो । रासस
Related News
सम्बन्धित समाचार
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
अचम्मको संस्कृति : आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ
नागेश्वर मन्दिरमा विष्णुप्रसाद
आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता
लेखनाथमा धिमे बाजा प्रशिक्षण
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०