नेपाली नाटकको अस्तित्व खोजी

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०८०
natak

पोखरा । नेपाल नाट्यप्रतिष्ठानको आयोजनामा नेपाली नाटकको प्रथम अन्तर्राष्ट्रिय सेमिनार शनिबार समापन भएको छ । पोखरामा ३ दिनसम्म चलेको सेमिनारको समापनमा ४ स्रष्टालाई सम्मान गरियो ।

नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान गरेकोमा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठ, भारत आसाम निवासी साहित्य सर्जक केवी नेपाली, सिक्किमका वरिष्ठ साहित्यकार सिपी शर्मा तथा वरिष्ठ नाट्यकर्मी ओममणि शर्मालाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरुलाई सम्मान गर्दै साहित्य समाजको दर्पण भएको औल्याए । उनले साहित्यका विभिन्न विधामध्ये नाटक एक सशक्त विधा भएको उल्लेख गर्दै रंगमञ्चले मानिसको ध्यान चाँडो खिच्न सफल हुने स्पष्ट पारे । प्रदेश प्रमुख गुरुङले पोखरा साहित्यको उर्वरभूमि रहेको चर्चा गर्दै भविष्यमा पनि यस्ता क्रियाकलापलाई प्राथमिकताका साथ अगाडि बढाउन नाट्यप्रतिष्ठानलाई आग्रह गरे ।

निस्ट फाउन्डेसन काठमाडौंका संस्थापक अध्यक्ष डा. माधव बरालले नाटक साहित्यको उज्ज्वल विधा रहेको चर्चा गर्दै आगामी वर्ष पनि प्रतिष्ठानलाई पाठ्यपुस्तक छपाईमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले प्रतिष्ठानको कार्य सह्रानीय रहेको छ भन्दै नेपाली नाटकको उन्नयनमा सेमिनारको भूमिका महत्वपूर्ण बन्ने विश्वास लिए ।

प्रतिष्ठानका सल्लाहकार अशेष मल्लले नाटकको इतिहास खोजीमा सेमिनार कोसेढुंगा बनेको भन्दै भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि मरिमेट्न साहित्यकारलाई सुझाव दिए ।

कार्यक्रममा प्रतिष्ठान सल्लाहकार समेत रहेका नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, नेपाली कांग्रेसका नेता माधव बास्तोला, समाजसेवी केदार निर्देशी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, नेपाल संगीत नाट्य प्रतिष्ठानका सभा सदस्य कमलमणि नेपाल लगायतले धारणा राखेका थिए ।

प्रतिष्ठान अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले सेमिनार मार्फत् ३ दिनसम्म नेपाली नाटकको अस्तित्वको खोजी भएको भन्दै नेपाल र भारतका साहित्यकार बीच भावना आदानप्रदान गर्न सेमिनार सफल भएको दावी पनि गरे ।उनले सेमिनारलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

उक्त सेमिनारका बीच विषयविज्ञले नेपालबाट ९ तथा भारतबाट दश गरी कुल १९ वटा कार्यपत्र प्रस्तुत गरे ।त्यस्तै कार्यपत्र प्रस्तोतालाई पनि कदरपत्र प्रदान गरियो भने सहभागिको तर्फबाट भारतकी मञ्जुला तामाङ शुब्वाले अनुभव राखिन्।

नेपाल नाट्यप्रतिष्ठानका अध्यक्ष प्राडा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा अशोक थापाले स्वागत तथा सचिव सुन्दर मानन्धरले सञ्चालन गरे ।

नेपाली नाटक तथा भारतीय नेपाली नाटक र रंगमञ्चको खोज अनुसन्धान, बहस तथा छलफल गरी निस्केको निष्कर्षलाई एकीकृतरुपमा प्रकाशन गर्ने उद्देश्य साथ सेमिनार आयोजना गरिएको हो । आगामी दिनमा नेपाली नाटकलाई अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्ने प्रतिष्ठानको लक्ष्य छ ।

Related News

सम्बन्धित समाचार

  • अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ सालदेखि अविच्छिन्न रुपमा सञ्चालन गर्दै आइरहेको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको १९९ औं…
  • बासु पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    स्याङ्जा । बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी (बासु) स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ जना साहित्यकारलाई सम्मान…
  • गीतकार विनोद गौचनको जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ…
  • साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८०
    पोखरा । साहित्यकार एवं महाकाव्यकार जनार्दनशरणको त्रिपाठीको निधन भएको । लामो समयदेखि बिरामी रहेका त्रिपाठीकी शुक्रबार बिहान साढे ४ बजे…
  • आमा २ पुस्तक विमोचन

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८०
    पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिउँदो इतिहासका रुपमा रहेका आमाबुवा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका छन् ।…

hero news full width