स्याङ्जामा विपदबाट प्रभावितमध्ये ९५ घर निर्माण

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८०
Bipadd

स्याङ्जा। स्याङ्जामा मौसमजन्य विपदबाट प्रभावितमध्ये ५० प्रतिशत घर निर्माण पूरा भएका छन् । प्रभावितमध्ये २५ प्रतिशत घर निमार्णाधीन रहेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । बाढी र पहिरोजन्य अवस्थाबाट सिर्जित मौसमजन्य विपदमा जिल्लाका १ सय ८६ घरमध्ये ९५ वटा निर्माण भएका हुन् ।

तीमध्ये ४६ निमार्णाधीन र ४५ वटा नबनेको अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए । बाढीपहिरोबाट प्रभावित भएको भन्दै स्याङ्जा प्रशासनमा ४ सय १५ वटा सिफारिस परेको थियो । पछि स्थलगत अनुसन्धानसहित निर्धारित मापदण्डभित्र १ सय ८६ घरमात्र लाभग्राही सूचिमा परे । त्यसमा पनि विभिन्न किसिमका गुनासा देखिए । उनका अनुसार विभिन्न किसिमका गुनासा आएपछि विपद व्यवस्थापन प्राधिकरणसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेकोमा २०७७ जेठ ३१ देखियता आएको बाढीपहिरोबाट प्रभावित आवास तथा घर निर्माणका लागि सरकारले पहाडी जिल्लामा प्रतिघर ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, हिमाली जिल्लामा ५ र तराईंमा ३ लाख रुपैयाँ दिने भएको हो । जग्गा खरिदका लागि ३ लाख रुपैयाँ दिने भएको छ । स्याङ्जामा भने पहिलो किस्तावापतको ७५ हजार रुपैयाँ पाएका छन् । सम्झौता भएको मितिले २ वर्षभित्रमा घर निर्माण गरिसक्नु पर्ने छ । सोही सूचिकृत घरको अवस्था बुझ्न गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन प्राधिकरणका टोलीसहित स्याङ्जा प्रशासनले विपद प्रभावित आवास÷घरको अनुगमन तथा निरीक्षण गर्‍यो । गृह मन्त्रालयका उपसचिव कृष्ण गैह्रेसहितको प्राविधिक टोली र सहायक प्रजिअ नमिता रेग्मी सहितको टोलीले झण्डै २ साता स्थलगत निरीक्षण गरेको जनाएका छन् ।

अनुगमनक्रममा बस्न हुने घर हुदाँहुँदै पनि अर्को घर बनाएको, नयाँ बनेका घर पनि जोखिममा रहेका, नयाँ घर बनाउन पुराना घर भत्काउन नचाहेको, दोहोरोतेहोरो (भूकम्प, जनता आवास, मौसमजन्य विपदबाट) समेत रकम लिन खोजेका जस्ता त्रुटीहरु भेटिएको छ । यस्तै, ४० देखि ५० प्रतिशत क्षति भएका घर, केही आंशिक क्षतिका घर, कतै च्याँखे थापेका र बस्दै नबसेका घर पनि जोखिममा राखिएको छ ।

स्याङ्जा विपद व्यवस्थापन समितिको बैठकमा उपसचिव गैह्रेले विपद प्रभावितको स्थलगत अवस्थाका बारेमा जानकारी गराए ।

बैठकमा सत्यतथ्य विवरण उपलब्ध गराएर राज्यद्वारा उपलब्ध सेवासुविधा ग्रहणगरी सुरक्षित आवास निर्माणको वातावरण बनाउन सरोकारवाला सबैलाई प्रजिअ घिमिरेले सुझाव दिए । जिसस प्रमुख श्रीप्रसाद जिटी, कांग्रेस कावा सभापति केदार काफले, एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरलगायतले सुझाव दिएका छन् ।

साथै, बैठकले डेंगु रोग नियन्त्रणलगायत आगलागी, बाढीपहिरोजस्ता विपद नियन्त्रणका लागि तयारी अवस्थामा रहन विभिन्न विषयगत कार्यालय तथा निकायलाई आवश्यक सामग्रीसहित सजग रहन आग्रह गरेको छ । वर्षात्को मौसम नजिकिँदै गर्दा स्याङ्जा प्रशासनले विपद नियन्त्रणका लागि सरोकारवालासँगको छलफललार्ई तीव्र बनाएको हो ।

Related News

सम्बन्धित समाचार

  • महतगाैंडाको भण्डारी परिवारमा शोक

    आदर्श समाज सम्वाददाता जेठ १४, २०८०
    पोखरा । पोखरा–१७ महतगौंडास्थित भण्डारी परिवारमा शोक परेको छ । समाजसेवी नारायणी भण्डारीको ८९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भयो…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • वडामार्फत् भूमि सेवा दिने तयारी

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    हेमजा  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि (भू) सेवा उपलब्ध गराउने तयारीका साथ…
  • गल्याङमा सार्वजनिक सुनुवाई

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । गल्याङ नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले…
  • प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक…

hero news full width