गण्डकीको मन्त्रिमण्डलले पायो पूर्णता, थपिए ४ मन्त्री

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८०
minister (2)

पोखरा । गण्डकी प्रदेशको मन्त्रिमण्डल बिस्तार भएको छ । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले थप ४ मन्त्रीहरुको नियुक्त गर्दै कार्यविभाजन समेत गरेका छन् । उनले कांग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री थपेका हुन् ।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जितप्रकाश आले मन्त्री नियुक्त भए । माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

अबको मन्त्रिमण्डलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ मन्त्रालयमध्ये सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, कृषि तथा भूमि व्यवस्थामा महेन्द्रध्वज जिसी, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा रेशमबहादुर जुग्जालीले जिम्मेवारी पाएका छन् ।

यस्तै, आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी जितप्रसाद आलेलाई र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दीपेन्द्रबहादुर थापाले पाएका छन् ।

३ पल्ट मन्त्री बनिसकेको दीपक मनाङे फेरि मन्त्री बन्ने चर्चा भए पनि उनको स्थानमा आलेले स्थान पाएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • वातावरण दिवसमा पोखरा १२ मा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । वातावरण दिवस अवसरमा पोखरा वडा कार्यालय १२ र युएनडिपीद्वारा संयुक्त कार्यक्रम गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र…
  • पोखरा आदर्श सेकेन्डरीमा वृक्षरोपण एवं सरसफाइ

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । विश्व वातावरण दिवस अवसरमा पोखरा बगरस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भएको छ । विद्यालय…
  • तामाङ मातृभाषा प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    हेमजा । गण्डकी प्रज्ञा प्रतिष्ठान आयोजना तथा कोकोम्हेन्दो साहित्य समाजको व्यवस्थापनमा पोखरामा तामाङ मातृभाषा प्रशिक्षण भएको छ । सो अवसरमा…
  • अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    हेमजा  । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेपाली सेनाद्वारा सम्मानित भएका छन् । उनलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरी सम्मान…
  • नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पोखरा इन्जिनियरिङ कलेजको आर्किटेक्चर तेस्रो वर्षका विद्यार्थी भारत प्रस्थान गरेका छन् । नेसनल एसोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर…

hero news full width

trending post

ट्रेन्डिङ्ग