आदर्श समाजका २ सहित गण्डकीका ३ पत्रकारलाई पुरस्कार

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८०
Sports Prize

पोखरा । युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि गण्डकी प्रदेशबाट ३ जना पत्रकार छनोट भएका छन् ।

पुरस्कारका लागि आदर्श समाजकर्मी विजय नेपाल र धनबहादुर गुरुङसँगै कान्तिपुरकर्मी दीपक परियार छनोट भएका हुन् । २५ हजार रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कारका लागि नेपाल लुम्बिनी, गुरुङ गण्डकी र परियार गण्डकी (दलित) तर्फबाट छनोट भएका हुन् ।

सोही पुरस्कारका लागि महिलातर्फ कर्णाली प्रदेशकी ज्योति कटुवाल, कोशी प्रदेशबाट अर्जुनकुमार सुवेदी, मधेश प्रदेशबाट संजिवकुमार शाह, बागमती प्रदेशबाट सुवास बिडारी, कर्णाली प्रदेशबाट ललितबहादुर बुढा र सुदुरपश्चिम प्रदेशबाट पूर्णबहादुर खड्का छनोट भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयबाटै प्रदान गरिने खेलकुद पत्रकारिता पुरस्कारबाट बागमती प्रदेशका सिताराम कोइराला छनोट भएका छन् । यो पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

पुरस्कारका लागि छनोट भएका पत्रकारहरुलाई पुरस्कार अर्पण समारोह आयोजना गरी पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width