आज मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, ४ बजे शपथ

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८०
cm surendraraj pande

पोखरा । गण्डकीमा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी गरिएको हो ।

आज ४ बजे ४ मन्त्रीको शपथ हुनेछ ।

माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्दैछन् भने कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्र थापा मगर मन्त्री बन्नेछन् ।

यसअघि कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादीबाट १ मन्त्री बनिसकेका छन् ।

आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिनेछ । माओवादीबाट जुग्जाली भौतिक पूर्वाधार मन्त्री बन्नेछन् भने सुशिला सिंखडा सामाजिक विकास मन्त्री बन्नेछन् ।

एकीकृत समाजवादीका र।जीव गुरुङ (दीपक मनाङे) मन्त्री हुने भनिएपछि अहिलेसम्म निधो भइसकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width