‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८०
film a sathi suna

पोखरा । आगामी ५ जेठमा रिलिज हुने नेपाली फिल्म ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २५ सेकेण्डको ट्रेलर साइराम पिच्चरस्को अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेमिल भावना समेटिएको छ । जसमा सामाजिक विषयवस्तुलाई समेत प्रस्तुत गरिएको पाइन्छ । ट्रेलरमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीलाई फिचर्ड गरिएको छ ।

यो लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्र भएको निर्देशक राम राघव आचार्यले बताए । ‘ए साथी सुन फरक धारको चलचित्र हो । नेपाली दर्शकको साथ राम्रो मिल्नेमा आशावादी छु,’ उनले भने ।

चलचित्रमा कृष्मा खड्का र इभान सञ्जेल पनि बाल कलाकारको भूमिकामा देखिएका छन् ।

‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम चलचित्र हो । बिना कार्की र सन्तोषकुमार राईले मिलेर चलचित्रको निर्माण गरेका हुन् । फिल्मको शीर्ष गीत ‘ए साथी सुन’ र ‘मनले भन्छ’ सार्वजनिक भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width