विद्युतीय पाश्र्वचित्र सम्बन्धी छलफल

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८०
Digital Profile LEkhnath

पोखरा । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्यांक संकलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले २६ देखि ३२ नं.वडाका जनप्रतिनिधिसहित स्थानीय टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको हलमा आयोजित विद्युतीय पाश्र्वचित्र निर्माणका लागि तथ्यांक संकलन तयारी भेलामा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समग्र महानगरपालिकाको योजना तर्जुमा, समावेशी विकास, सम्भावित प्राकृतिक प्रकोपको व्यवस्थापन लगायतको पूर्व तयारीका लागि आवश्यक प्रबन्ध गर्न सहज हुने भएकाले विद्युतीय पाश्र्वचित्र निर्माण गर्न लागिएको बताए ।

यस प्रकारको आधारभूत तथ्यांक संकलनले मात्र कुनै पनि स्थानको प्राथमिकता र आवश्यकताको पहिचान हुने भएकाले विकास निर्माणका गातिविधिहरु सञ्चालन गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे ।

२५ गते देखि गणकहरू घरघरमा आउने जानकारी गराउँदै उहाँले गणकहरूलाई यथार्थ जानकारीहरू टिपाउन अनुरोध गरे ।

महानगरको समग्र अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्यांक संकलन गर्न लागिएको हो । यस क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यावसायिक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जीकरण अद्यावधिक लगायतका विवरणहरु संकलन गरिनेछन् ।

महानगरका प्रमुख सूचांकहरु, खण्डीकृत सूचांकको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुनेछ ।

महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भरपर्दो सूचनाको रूपमा यसले सहयोग गर्नेछ ।

महानगरपालिका ३३ वडामा तथ्यांक संकलनका लागि २ सय २० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्यांक संकलनका लागि यही वैशाख २५ गतेदेखि फिल्डमा खटिनेछन् ।

Related News

सम्बन्धित समाचार

  • धैर्यता र आशाको फिल्म ‘हल्कारा’

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८०
    पोखरा । नेपाली फिल्म ‘हल्कारा’ शुक्रबारदेखि देशभर व्यावसायिकरुपमा प्रदर्शनमा आउँदैछ । अन्तर्राष्ट्रिय अवार्डसमेत जितिसकेको ‘हल्कारा’ लाई लिएर फिल्म युनिट भने…
  • पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८०
    पोखरा । नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । वैशाख २८ गतेदेखि ३ दिनसम्म…
  • सिरिज ‘ब्रह्माण्ड’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८०
    पोखरा । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले ‘ब्रह्माण्ड’ नामक सिरिज निर्माण गर्ने भएको छ । सस्पेन्स फिल्मी ड्रामा र…
  • ‘बुलाकी’ को प्रदर्शन रोकिने   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८०
    काठमाडौं ।  गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो…
  • घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । फिल्म निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ । रामनवमी अवसरमा घोषणा गरिएको फिल्म भदौदेखि छायाङ्कनमा…

hero news full width