पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतजयन्ती सन्दर्भमा बुद्ध जयन्तीको अवसर पारेर मुक्तक लेखन कार्यशाला तथा प्रशिक्षण गरेको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले प्रतिष्ठानले स्थापनाको रजतवर्षको अवसरमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेको बताए ।
बिखर्चीले थोरै समय मै चोटिलो एवं पोटिलो रचना अध्ययन गर्न, मुक्तकको सन्देश मनन गर्न सकिने भएकाले पछिल्लो समय र पुस्ता माझ मुक्तक लोकप्रिय रहेको धारणा व्यक्त गरे ।
प्रतिष्ठानका पूर्व अध्यक्ष तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले प्रज्ञा–प्रतिष्ठान निरन्तर भाषा, साहित्य, कला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनमा क्रियाशील रहेकोमा त्यसैको एउटा निरन्तरता हेमजा साहित्य प्रतिष्ठानसँगको सहकार्य भएको बताए ।
सकारात्मक सोचका अभियन्ता भीमप्रसाद श्रेष्ठ, हेमजा बोर्डिङ स्कुलका सञ्चालक तथा संस्थाका पूर्व सचिव माधवशरण पौडेल, धवलागिरि बोर्डिङ स्कुलका संस्थापक प्राचार्य शिव रेग्मी, संस्थाका कोषाध्यक्ष रीता कार्की कुँवरलगायतले प्रतिष्ठान हेमजाको एउटा ब्राण्डकारूपमा स्थापित भएको धारणा राखे ।
२५ वर्ष २५ विशेष कार्यक्रम अन्तर्गत तेस्रो कार्यक्रम मुक्तक लेखन कार्यशाला तथा प्रशिक्षण आयोजना गरेको प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायकले जानकारी दिए ।
संस्था स्थापनाको २५ वर्ष, २५ विशेष कार्यक्रमअन्तगर्त कार्यशाला आयोजना गरिएकाले २५ जनालाई मात्र सहभागी गराइएको संस्थाका सदस्य ढुण्डिराज ज्ञवालीले बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकीका महासचिव असफल गौतमले सहजीकरण गरेका थिए । कार्यशालामा सहभागीलाई ततस्थानीय मुक्तक लेखन तथा वाचन गराएर उत्कृष्ट चार मुक्तककारलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो ।
सहभागी रोशन गुरुङले कविता र मुक्तकको भिन्नता थाहा नभएको बेलामा कार्यशाला निकै लाभ पु¥याएको बताउँदै विभिन्न विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्न आयोजकलाई आग्रहसमेत गरे ।
सहभागी धनदेवी जिसीले प्रतिष्ठानले २५ वर्षको सन्दर्भमा आयोजना गरेका सबै कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् ।
अध्यक्ष बलराम पौडेलले रजतवर्षलाई सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग र सहकार्य गरेर हौसला बढाउने सम्पूर्णप्रति आभार व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा
बासु पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान
गीतकार विनोद गौचनको जन्मजयन्ती
साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन
आमा २ पुस्तक विमोचन
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०