पोखरा। पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत याम्पा आँधिमूलमा भएको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ट्रकले हानेर ११ जना घाइते भएकामा ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेल छन् ।
खाँणका अनुसार दुर्घटनामा परी घाइते भएकाहरू उपचारका लागि भरतपुर लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटना परी वर्ष १० की जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८का समिर भुजेल र सन्तोष भुजेल लगायत छन् रहेका छन् ।
घाइतेहरूलाई तत्काल उपचारका लागि तत्काल आँबुखैरेनीस्थित अस्पतालमा लगिएको भए पनि थप उपचार भरतपुर लगिएको थियो । दुर्घटना स्थलको अवस्था अत्यन्त तनावग्रस्त रहेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्कुल जान कुरेर बसिरहेका बालबालिका भएका ठाउँमा ट्रक आएर किचेको स्थानीयले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०