चित्रकला प्रतियोगीताको तयारी

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०८०
chitrakala

पोखरा । सीता एन्ड सन्स न्युरोड, पोखराले वैशाख २२ गते कास्की जिल्लास्तरीय अन्तर मावि चित्रकला प्रतियोगिता गर्ने भएको छ ।

सिर्जनशील कलाकार समूहको संयोजकत्वमा हुन लागेको उक्त प्रतियोगितामा कक्षा ७ देखि १० सम्म र कक्षा ११ र १२ गरी २ समूहमा विभाजन गरी पुरस्कृत गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा सीता एन्ड सन्सका प्रोपाइटर रविश्वर आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कलाकारिताको विकासमा सहयोग पु¥याउने सोच आएको र त्यसका लागि धेरैबाट हौसला मिलेको बताए ।

सावित्री आचार्यले सबैको साथ पाए पोखरामा आर्ट ग्यालरी सञ्चालनको पहल गर्न पनि सकिने बताइन् ।

कलाकार प्राज्ञ बुद्धि गुरुङले सीता एन्ड सन्सले गर्न लागेको प्रतियोगितात्मक कार्यक्रममाबाट पोखरेली कलाको विकासमा ठूलो योगदन पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मानस्वी आचार्यले स्वागत र सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष दलबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ सालदेखि अविच्छिन्न रुपमा सञ्चालन गर्दै आइरहेको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको १९९ औं…
  • बासु पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    स्याङ्जा । बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी (बासु) स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ जना साहित्यकारलाई सम्मान…
  • गीतकार विनोद गौचनको जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ…
  • साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८०
    पोखरा । साहित्यकार एवं महाकाव्यकार जनार्दनशरणको त्रिपाठीको निधन भएको । लामो समयदेखि बिरामी रहेका त्रिपाठीकी शुक्रबार बिहान साढे ४ बजे…
  • आमा २ पुस्तक विमोचन

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८०
    पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिउँदो इतिहासका रुपमा रहेका आमाबुवा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका छन् ।…

hero news full width