पोखरा। ‘लडाईं नहुनु शान्ति होइन, मनभित्रको शान्ति नै शान्ति हो ।’ यसको महान विचारक हुन्, १६ सयभन्दा बढी किताबका लेखक । १ लाख २० हजारभन्दा बढी कविताका स्रष्टा । २१ हजार बढी गीतका सर्जक तथा शान्तिका लागि दौडका अभियन्ता श्री चिनमोई । छिमेकी बंगलादेशका यी नागरिकले ७६ वर्षको उमेरमा सन् २००७ मा यो धर्ती छाडे । तर उनको विचार विश्वभर फैलिँदो छ ।
सुन्दा अपत्यारिलो लाग्छ । चिनमोई उनै हुन्, जसले हात्ती उठाउन सक्थे । जहाज उठाउन सक्थे । यतिसम्म की उनले शान्तिका लागि आफ्नो जीवनकालमा विभिन्न देशमा ७ सय ७७ वटा पिस कन्सर्ट गरे । २ सय बढी दौडमा भाग लिए । तीमध्ये २२ म्याराथन थिए भने ५ अल्ट्रा म्याराथन थिए । उनको एउटै मन्त्र थियो, मानिस शारीरिकरुपमा मात्र फिट भएर हुँदैन, सफल हुन ध्यानको महत्व हुन्छ ।
उनका शिष्यमध्ये हल्याण्डका नागरिक प्रदीप होगाकर पोखरामा आइतबार खेलकुद र ध्यान विषयक कार्यशालामा प्रस्तुत भए । ४३ वर्षीय प्रदीप ३२ सय माइल (४९८९ किमी) दौड पूरा गर्ने पहिलो डच हुन् । उनले सो दौड पूरा गर्न दिनमा ८८ किमीसम्म दौडिएका थिए । ३२ सय माइलको यो दौड विश्वकै सबैभन्दा लामो दौड हो । न्युयोर्क टाइम्सले त यसलाई माउन्ट एभरेन्ट म्याराथन नामकरण गरेको थियो ।
इन्टरनेश्नल श्री चिनमोई सेन्टरको आयोजना तथा नेपाल भूतपूर्व खेलाडी मञ्चको सहआयोजनामा भएको सो कार्यशालामा प्रदीपले खेलकुद र ध्यानको महत्वबारे प्रकाश पारे । उनले मानवको सफल जीवनका लागि ध्यान जति आवश्यक छ, त्यति नै खेलकुदका लागि पनि आवश्यक रहेको बताए । ध्यान मात्रै यस्तो चिज हो जसबाट जीवनमा जित र खुसीयाली मिल्ने उनले बताए ।
उनले खेलकुदमा जित आफूभित्र रहेको शक्तिले मात्रै पूरा नहुने यसका लागि अन्तर्निहित क्षमता उजागार गर्न ध्यान र साधनाको भूमिका बेंसी रहेको उनको भनाइ छ । उनले भने, ‘जसले ध्यान गर्छ, उसको जित निश्चित छ ।’ उनले कार्यक्रममा उपस्थितलाई केहीबेर ध्यानका कला सिकाए । नेपालमा पहिलो पल्ट आएका उनले संयुक्त राष्ट्रसंघका पनि ध्यान शिविर चलाउने गरेका छन् ।
कार्यशालामा सहभागी गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले खेलकुदमा ध्यान अहिलेको परिप्रेक्ष्यमा महत्वपूर्ण हुने बताए । उनले यस प्रकारको कार्यक्रमले जीवनलाई सुन्दर बनाउन र विश्वमा शान्ति स्थापनाका लागि उत्तिकै अपरिहार्य रहेकोमा जोड दिए ।
कार्यक्रम संयोजक भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले राम्रो खेलाडीको लागि ध्यानको महत्व धेरै रहेको बताए । नेपालमा अहिले यसको निम्ति प्रारम्भिक चरणमा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा मञ्च अध्यक्ष हरिप्रसाद पराजुली, श्री चिनमोई ओननेस होम पिस रन नेपाल संयोजक श्वेता प्रधान, मञ्च महासचिव कृष्ण तिमिल्सिनालगायतले बोलेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कावा प्रमुख मोती तिम्सिना, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, विभिन्न धार्मिक केन्द्रका प्रमुखहरु, प्याब्सन, हिसान, एनप्याब्सन, युनिप्स कास्की, विभिन्न विद्यालयका विद्यार्थीहरु, पूर्व खेलाडीहरु, खेलाडीहरु, प्रशिक्षकहरु लगायत विभिन्न संघ–संस्थाहरुका प्रतिनिधिले भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
hero news full width
मुख्य समाचार
रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०बजेटको सिद्धान्त र प्राथमिकता : अधुरा योजना पूरा गर्ने बजेट ल्याउँदै गण्डकी सरकार
जेठ १२, २०८०सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
जेठ १२, २०८०