स्पोर्टस् अवार्डमा मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८०
meksham gaudel

पोखरा। टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल (मेक्सम गौडेल) ले सातौं पोखरा स्पोर्टस् अवार्डमा प्रस्तुति दिने भएका छन् ।
पछिल्लो समयमा दर्शकको आकर्षण स्ट्यान्ड अप कमेडीलाई यस पटकको अवार्डमा उतारिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।

विषयवस्तुको गहिराइमा पुगेर त्यसलाई सुन्दर प्रस्तुतिमार्फत कथामा उतार्न सक्ने खुबी भएका गौडेलको प्रस्तुतिले दर्शकको ध्यान खिच्ने अपेक्षा आयोजकले गरेको छ । स्याङ्जाका मेक्सम कार्यक्रमलाई लिएर उत्साहित छन् ।

हाल कमेडी च्याम्पियन कार्यक्रममा सहप्रस्तो उनको शैलीले दर्शकको ध्यान खिचिरहेको छ । अवार्ड कार्यक्रममा भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोकदोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुति समेत रहनेछ ।

हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य, खेलको डेमोस्ट्रेसन लगायत प्रस्तुति अवार्डका थप आकर्षण हुन् ।

वैशाख २३ गते दिउँसो २ बजे पोखरा सभागृहमा हुने अवार्डमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड प्रदान गरिने छ ।

वर्ष खेलाडीलाई टेल्जी नेपाल टाइगर इलेक्ट्रिक स्कुटर दिइने छ । अन्य विधामा ३५ हजार नगद छ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा दिइने मञ्च अध्यक्ष दीननाथ बरालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width