पोखरा । विश्व भेटेरिनरी दिवस अवसरमा पोखरा जुलोजिकल पार्क वन्यजन्तु उद्धार केन्द्रको अवलोकनसहित अन्तक्र्रिया गरिएको छ ।
नेपाल भेटेरिनरी एसोसिएसन गण्डकीले पशु चिकित्सा पेशामा विविधता, समानता र समावेशीताको प्रवद्र्धन भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा पशु सेवा विभागका उपहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले यो कार्यक्रमले जुलोजिकल पार्कको प्रवद्र्धनमा समेत कार्यक्रमले टेवा पु¥याउने बताइन् ।
पोखरा जुलोजिकल पार्कका भेटेरिनरी अफिसर डा. किशोर आचार्यले घाइते वन्यजन्तु उद्धार गरी राखिएको पोखरा जुलोजिकल पार्कलाई लक्षित गरी एसोसिएसनले प्रदान गरेको औषधीजन्य सामाग्रीले राहत पुग्ने बताए ।
युनाइटेड क्लब पहलमा २०७२ सालमा शिलान्यास भएको जुलोजिकल पार्कमा हाल २२ प्रजातिका वन्यजन्तु रहेको बताउँदै आचार्यले उद्धार गरी ल्याइएका वन्यजन्तुलाई उपचार पछि खुला बासस्थानमा छोडिने गरेको बताए । उनले आगामी आर्थिक वर्षमा बाघ र भालु समेत ल्याएर राख्ने योजनामा आफूहरु रहेको जनाए ।
भेटेरिनरी डा. सुरेश नेपालीले घरपालुवा जनावारको मात्र नभइ वन्यजन्तुको संरक्षणमा भेटेरिनरीयनहरु लाग्नुपर्नेमा जोड दिए । घरपालुवाभन्दा पनि पछिल्लो समय मानिस र जंगली जनावरबीच द्वन्द्व बढेकाले वन्यजन्तु घाइते अवस्थामा भेटिनेक्रम बढेको बताए ।
नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डा. राजेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. भाजुराम महतोले स्वागत र सचिव डा. अविनाश भट्टराईले सञ्चालन गरेका थिए ।
सो अवसरमा एसोसिएसनमा आवद्ध सदस्यलाई पोखरा जुलोजिकल पार्कका भेटेरिनरी अफिसर डा. किशोर आचार्यले वन्यजन्तु उद्धारमा प्रयोग गरिने डार्ट गन प्रयोगबारे प्रशिक्षण दिएका थिए ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारी कास्कीको साधारणसभा
चालक तथा सहचालकलाई प्रशिक्षण
मगर संघ बुढीबजारमा रामबहादुर
टोल विकास संस्था समन्वयमा उत्तम जोशी
कांग्रेस नेतृ गंगा केसीको निधन
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०