पोखरा । घान्द्रुकको खोलो भ्रों बस स्टेसन थोरै पर पुग्दा देखिन्छ, कंक्रिटका ठूलाठूला संरचना । अझ नजिकिएर हेर्दा भेटिन्छन्– ४ आरसिसी भवन । सामीप्यमा छ २ घुमाउने घर । त्यसैको मुनि संग्रहालयजस्तो घर पनि छ । त्यो भवन हलका लागि बनाइएको हो ।
जब, संग्राहलयको रुप दिइएको भवनतिर लागिन्छ, त्यहाँ भेटिन्छन्, ढिकी, जाँतो, डोको, नाम्लो, नाङ्लो । हल छिर्दा लोपोन्मुख पाला, माना, पाथी, लोटा, आम्खोरा, आरी, गाग्री, ताउलो, कसौंडी, तामा र अन्य धातुबाट बनेका सामान, चोंयाबाट बनेका भकारी, डालो, पेरुंगो लगायत । ती सामान हेर्दै पुगिने हलमा पनि संस्कृति जोगाउने सामानै छन् ।
यो दृष्य हो, घान्द्रुकमा निर्माणाधीन घान्द्रुक कल्चर रिसोर्टको । यसको परिकल्पना घान्द्रुककै कुलप्रसाद गुरुङले गरेका हुन् । घान्द्रुकले पुराना संस्कृति बिर्संदै गएकाले नयाँ संरचनामा पुराना सामान जीवन्त राख्न यो परिकल्पना बनाएको गुरुङले बताए । ‘घान्द्रुक पर्यटकीय गाउँरुपमा विकसित हुँदै जाँदा यहाँको संस्कृति नै लोप हुने खतरा बढ्दै गएको छ,’ उनले भने, ‘पाहुनाले धेरै सेवासुविधा खोजिरहँदा आधुनिक सुविधा दिने अनि पुराना संस्कृति पनि देखाउने योजना छ ।’
परम्परागत घट्ट हराउँदै गएकाले रिसोर्टमै घट्ट बनाउने योजना रहेको उनले सुनाए । ‘हामीले जमानामा घट्टबाट पिनेर काम चलाउथ्यौं तर अहिले त्यो देख्न पाइँदैन,’ उनले भने, ‘मैले यहाँ घट्ट बनाएर त्यसैमा पिँधेको पिठो र चामलको परिकार खुवाउने योजना छ ।’ घट्टका लागि पानीको स्रोत पत्ता लागिसकेकाले केही समयमा नै कुलो ल्याउने अनि चलाउने गुरुङले बताए ।
८ रोपनीमा फैलिएको रिसोर्टमा करिब १७ करोड लगानी भइसकेको छ
उनले बनाउँदै गरेको रिसोर्टको करिब ८० प्रतिशत काम पूरा भएको छ । ८ रोपनीमा फैलिएको रिसोर्टमा करिब १७ करोड लगानी भएको उनले जानकारी दिए । ‘कोरोनाको समयदेखि नै बनाउन सुरु गरिएको हो । त्यो समय साह्रै गाह्रो थियो,’ उनले भने, ‘तर पनि हिम्मत नहारी निरन्तर निर्माणमा लागें ।’ सबै काम सकिंदा रिसोर्टको लागत २५ करोड पुग्ने उनको अनुमान छ ।
रिसोर्टमा करिब ३ सय जना अट्ने सभाहल, रेस्टुरेन्ट र ५० कोठा रहेको रिसोर्टका व्यवस्थापक सञ्जय गुरुङलले जानकारी दिए । रिसोर्टमा बस्ने कोठामध्ये २७ वटा तयार भइसके भने २३ वटा निर्माणाधीन छन् । तत्कालका लागि ६० जना पाहुना व्यवस्थापन गर्न सकिने व्यवस्थापक गुरुङले बताए । रिसोर्ट पूर्णरुपमा सञ्चालन भए २ सय जना पाहुना राख्न सकिनेछ । यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा रहने छन् । रिसोर्टको माथि हेलिप्याड पनि बनाइएको छ । रिसोर्टमा विद्यार्थी, संघसंस्थाका समूह आएमा विशेष छुटमा राख्न सकिने गुरुङले बताए ।
यो रिसोर्टले घान्द्रुकको पर्यटन क्षेत्रमा टेवा पुग्ने घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङ बताउँछन् । यस क्षेत्र हुँदै अन्नपूर्ण बेस क्याम्प र घोडेपानी पुग्न सकिने भएकाले खर्च गर्न चाहने पर्यटकका लागि रिसोर्ट सहयोगी हुने उनको भनाइ थियो । घान्द्रुकमा बनेका होटलहरुमा सभाहलको खाँचो परेकाले त्यसको परिपूर्ति रिसोर्टले सहयोग पुग्ने विश्वास छ ।
घान्द्रुकमा पाहुना राख्न हाल ५५ को हाराहारीमा होटल र १८ होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष गुरुङले जानकारी दिए । पाहुना धेरै भए १० घर जतिमा व्यवस्थापन गर्न सकिने उनले बताए । एक दिनमा ७०÷८० होटल तथा होमस्टेमा २ हजारसम्म मात्र पाहुना राख्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
फल इन लभ नै किन ?
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
hero news full width
मुख्य समाचार
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०बजेटको सिद्धान्त र प्राथमिकता : अधुरा योजना पूरा गर्ने बजेट ल्याउँदै गण्डकी सरकार
जेठ १२, २०८०सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
जेठ १२, २०८०