वडा १२ द्वारा जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८०
Talim

पोखरा । पोखरा महानगरपालिकाले नेतृत्व विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ ।

पोखरा महानगरपालिकाको १२ नम्वर वडा कार्यालयले बैशाख १० देखि १२ गते सम्म जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम संचालन गरेको हो । क्षमता अभिवृद्धि गर्न कर्मचारी र जनप्रतिनिधिलाई तीन दिनसम्म तालिम दिइएको थियो ।

तालिममा जनप्रतिनिधिले कसरी बोल्ने, कसरी सेवाग्राहीलाई सुविधा दिने लगायतका विषयमा प्रशिक्षण दिइएको पोखरा जेसीजका अध्यक्ष तथा प्रशिक्षक गणेश गिरीले जानकारी दिए । ‘तालिमले जनप्रतिनिधिको नेतृत्व विकासमा सहयोग पुग्ने विस्वास गरिएको छ,’ उनले भने । बोल्न र भाषण गर्न सक्ने कलाको विकास गर्न नेतृत्व विकास तालिम संचालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

‘कतिपय जनप्रतिनिधिले भाषण गर्न नसक्ने, बोल्न डराउने लगायतका समस्या देखिएकाले त्यस्तो समस्या समाधानका लागि नेतृत्व विकास तालिम वडामै राखिएको हो, तालिमले बोल्ने कलाको विकास हुने अपेक्षा गरिएको छ,’ उनले भने । पोखरा १२ ले आयोजना गरेको तीन दिने तालिमलाई पोखरा जेसिजले सहजीकरण गरेको थियो । तालिममा कर्मचारी र जनप्रतिनिधि गरी २१ जनाले सहभागीता जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग