मुख्यमन्त्री खगराज अधिकारी दाहिना भएपछि खड्कालाई दोहोरो जागिर !

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८०
birendra

पोखरा ।भनाइ र गराइमा कति फरक हुन्छ भन्ने सफेद उदाहरण दिएका छन् गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले । अल्पमतमा परिसकेपछि अर्थात् सत्ता ढल्नु केही दिन अघिमात्र उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का जागिरे वीरेन्द्र खड्कालाई गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त गरेका छन् । लाभको पदमा रहेका व्यक्तिलाई नियुक्त गर्न नहुने प्रावधान र उच्च अदालत पोखराको आदेशको समेत अवहेलना गर्दै मुख्यमन्त्री अधिकारीले पोखरा महानगरपालिका ३२ घर भएका खड्कालाई सदस्य सचिव नियुक्त गरेका छन् ।

लाभको पदमा रहेको भन्दै यसअघि नै कृष्णप्रसाद तिमिल्सिनालाई अन्तर्वार्तामा सहभागी गराइएको थिएन । तर मुख्यमन्त्रीको आशीर्वाद लागेका खड्का हकको यो नियम लागु भएन । खड्का अघिल्लो शनिबारमात्रै नार्कको मुख्य प्रशासकीय अधिकृत बढुवा भएका छन् । फेसबुकमा उनलाई बढुवा भएको बधाईको ओइरो लागेको छ । अहिले भने वीरेन्द्रले फेसबुक निस्क्रिय पारेका छन् ।

मुख्यमन्त्री अधिकारी भने सिफारिस समितिले गरेको सिफारिसकै आधारमा क्याबिनेटबाट निर्णय गरिएको बताउँछन् ।

सिफारिस समितिले योग्यता पुगेकामध्येबाट कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएकामध्ये ३ जनाको नाम अघिल्लो आइतबार सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये १ नं नवलपुरका श्रीधर शर्मा, २ नं मा वीरेन्द्र खड्का र ३ नं मुना वासुकलाको नाम थियो ।

सदस्यसचिव नियुक्ति प्रक्रियाको विवादमा उच्च अदालत पोखराले योग्यता पुगेकाहरुलाई मात्र कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी गराउन २७ चैतमा आदेश दिएको थियो । आदेश अनुसार प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको खेलकुद महाशाखाले १८ गते २ सूचना जारी गरेको थियो । पहिलोमा कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागिताका लागि योग्यता नपुगेकाको सूची उल्लेख गरिएको थियो । १३ आवेशकमध्ये ५ जनालाई योग्यता नपुगेको भन्दै अन्तर्वार्तामा सहभागी गराइएको थिएन ।

Related News

सम्बन्धित समाचार

hero news full width