पोखरा । गण्डकी प्रदेशमा गएको ३ महिनामा बलात्कार तथा यौन दुव्यर्वहारबाट २६ जना बालिका पीडित भएका छन् । तीमध्ये १६ जना बलात्कारमा पर्दा १० बालिका र १ बालक यौन दुव्यर्वहारमा परेका छन् ।
महिला हिंसा तथा दुव्यर्वहारका घटना पनि बढेका छन् । ७७ महिलामध्ये ६ जना बलात्कारबाट, १ जना यौन दुव्यर्वहार तथा ७० जना घरेलु हिंसाबाट शिकार भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गण्डकी प्रदेशका ११ जिल्लामा गएको जनवरीदेखि मार्चसम्म अभिलेखित विवरणअनुसार सो तथ्यांक पाइएको हो ।
महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख रहेको इन्सेक गण्डकी प्रमुख शिव खकुरेलले बताए । उनका अनुसार घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास, शिक्षकबाट यौन दुव्र्यवहार जस्ता घटना भएको अभिलेखमा उल्लेख छ । गएको त्रैमासमा जातीय विभेद, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट नागरिक बढी वञ्चित भएका छन् ।
प्रदेशभर ३ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटनामा अन्य पक्षबाट १४ पुरुष र १ सय ११ महिला गरी कुल १ सय २५ जना पीडित भए । ५ महिला र २ पुरुष गरी ७ जनाको हत्या भयो ।
जातीय विभेदका घटनाबाट १ महिला र ३ पुरुष गरी ४ जना पीडित भए । अन्य पक्षबाट कुटपिटका ३ घटनामा २ पुरुष घाइते भए । अन्य पक्षबाट २ पुरुष अमानवीय व्यवहारबाट पीडित भए ।
विद्यालयमा दिइएको शारीरिक दण्ड सजायबाट १ बालिका र १ बालकपीडित भए । २ बालकहरू जंगलमा खेल्न जादा बेवारिसे बम भेट्टाएर खेलाउदा बिस्फोट भई घाइते भए ।
गण्डकी प्रदेशमा जातीय विभेदका घटना विगतका तुलनामा बढेको इन्सेकको तथ्यांक छ । विकसित मानिने कास्कीम समेत सबैभन्दा धेरै जातीय विभेदको घटना सरोकारवाला निकायका व्यक्तिबाटै भएकोमा चिन्ता व्यक्त गरिएको छ ।
प्रदेशका कास्की र तनहुँमा महिला तथा बालबालिकाविरूद्ध हुने यौनजन्य तथा घरेलु हिंसाका घटना बढी छन् । अन्य जिल्लाको तुलनामा हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा भने मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अभिलेख छैन ।
इन्सेकले प्रत्येक ३ महिनामा मानवअधिकारको अवस्था विश्लेषण गर्दै मानवअधिकार स्थिति सूचक प्रकाशन गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
भाइको कमाइमा दिदीको मस्ती
फ्रान्स र सर्भिया पठाउने नाममा ५२ लाख ठगी, दुई पक्राउ
लागु औषधसहित स्याङ्जाका २ र पोखराका १ युवा पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर
अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पोखराका मनिष भुजेल पक्राउ
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०