सिजी नेट जोड्ने ग्राहकको बिमा

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८०
CG Net Photo

पोखरा । सिजी नेटले आइतबारदेखि पोखरामा सेवा शुभारम्भ गरेको छ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सिजी नेटले पोखरामा शाखा कार्यालय स्थापना गरी आफ्नो नेटवर्क पोखरामा विस्तार गरेको जनाएको हो ।

सिजी नेटका डिजिएम टेक्निकल अपरेसन प्रमुख रन्नु शर्माले पोखराको शाखाको स्थानीयले उद्घाटन गरेसँगै इन्टरनेट सेवा उपलब्ध भएको जानकारी दिए । ‘हामी पोखराका नागरिकलाई चाहिएको इन्टरनेट सेवा दिन पोखरा आएका छौं,’ शर्माले भने, ‘सस्तो मूल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौं ।’ अहिले पोखरा क्षेत्रमा सेवा दिएपनि विस्तारै लेखनाथसँगै अन्य स्थानमा सेवा विस्तार गर्ने उनले बताए ।

सेवाका कारण ब्रान्डमै नराम्रो छाप पर्ने बारेमा आफूहरु सजग रहेको भन्दै उनले कुनै समस्या हुन नदिने गरी पोखरामा इन्टरनेट सेवा दिने प्रतिबद्धता जनाए । पोखरा शाखा उद्घाटनका क्रममा उनले आइपी टिभी, सस्तो मूल्यमा स्मार्ट टिभी, डिजिटल वेल विइङ र बिमा सेवा दिइने शर्माले जानकारी दिए । ‘इन्टरनेट सेवा त सबैले दिइरहेका छन् । को कति राम्रो भनेर छुट्याउने जिम्मा ग्राहकहरुलाई नै छ,’ उनले भने, ‘हामीले सबै ग्राहकको इन्स्योरेन्स व्यवस्था गरिरहको छौं ।’ सिजी नेट जोड्ने ग्राहकका प्याकेज अनुसार युनाइटेड इन्स्योरेन्ससँगको सहकार्यमा १ देखि ३ लाखसम्मको इन्स्योरेन्स व्यवस्था रहेको उनले सुनाए ।

सिजीले मासिक ९ सय ४० रूपैयाँमा १ सय ३० एमबिपिएस गतिको योजनाबाट सेवा थालेको छ । गत जेठमा काठमाडौंका सीमित क्षेत्रबाट इन्टरनेट सेवाको सुरु गरेको सिजी नेटले हाल नेपालभर ४८ हजारभन्दा बढी ग्राहकलाई इन्टेरनेट सुविधा दिइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • भवानी कालिकामा अब डिजिटल प्रविधि

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।…
  • भवानी कालिकामा अब डिजिटल प्रविधि

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।…
  • वैज्ञानिक उत्पादन गर्न साइन्स फेस्टिभल

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७९
    पोखरा । वैज्ञानिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पोखरामा हिमालय साइन्स फेस्टिभल हुने भएको छ। हिमालय साइन्स फाउन्डेसन आयोजनामा आगामी जेठ ४…
  • महावीरले भेटे प्रधानमन्त्री

    आदर्श समाज सम्वाददाता फागुन ९, २०७९
    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका…
  • एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

    आदर्श समाज सम्वाददाता फागुन ९, २०७९
    पोखरा । एनसेल आजियाटा लि.ले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका विभिन्न संकायमा उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७९ प्रदान गरेको…

hero news full width