एनएमबी बैंकको ‘हेरिटेज वाक’

आदर्श समाज सम्वाददाता
वैशाख २, २०८०
NMB1

पोखरा । एनएमबी बैंक गण्डकी शाखाले हेरिटेज वाक अन्र्तगत धार्मिक पर्यटकीयस्थल केदारेश्वर मन्दिरमा सरसरफाइ गरेको छ ।

शनिबार बैंकले प्रभावफेरी गर्नुका साथै मन्दिरको सरसफाइ गरेको हो । सामाजिक उत्तरदाियत्व कार्य अन्तर्गत बैंकले हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सरसफाई तथा प्रभातफेरी कार्यक्रम गर्दै आएको एनएमबी बैंक गण्डकी प्रदेश एरिया म्यानेजर अमृतराज बास्तोलाले बताए ।

चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरी सिर्जनाचोक, राष्ट्रबैंक चोक हुँदै मन्दिर पुगेको थियो । त्यहाँ पुगेलगत्तै सरसफाई कार्यक्रम गरिएको बास्तोलाले बताए । प्रभातफेरी र सरसफाई कार्यक्रममा १ सय ३० कर्मचारीको सहभागिता थियो ।

कार्यक्रममा बैंकले मन्दिरलाई नगद १० हजार रुयैयाँ सहयोग पनि गरेको थियो । उक्त रकम बैंक गण्डकी प्रदेश एरिया मेनेजरहरु अमृतराज बास्तोला, तारानाथ पौडेल र कृष्णकुमार मल्लले सयुक्त रुपमा मन्दिरका प्रमुख डा. लेखनाथ आचार्य दीक्षितलाई हस्तान्तरण गरेका थिए ।

बैंकिङ सेवा प्रदान गर्दै आएको एनएमबी बैंक सामाजिक क्षेत्रमा काम गर्दै आएको एक अग्रणी बैंक भएको तारानाथ पौडेलले बताए । विश्व सम्पदाको संरक्षण तथा सम्बद्र्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिएको बास्तोलाले बताए ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा ४ पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width