सेती खोचमा खसेकी बालिका मृत फेला

आदर्श समाज सम्वाददाता
वैशाख २, २०८०
Death

Representative Image

पोखरा । पोखरामा सीताराम पुल नजिकै जमीन चिरा परेको ठाउँबाट खसेकी स्मृति पराजुली मृतावस्थामा भेटिएकी छन् । पोखरा ९ नागढुंगाकी १२ वर्षे स्मृति शनिबार दिउँसो पौने ३ बजेतिर खसेकी थिइन् ।

सुरक्षाकर्मीले उनलाई खोचबाट उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमान्डमा रेस्क्यु टोलीसहित १७ जना खोजीमा खटिएका थिए । वडा प्रहरी कार्यालय रामबजारबाबाट प्रहरी निरीक्षक माधव केसीको कमाण्डमा ७ जना र सशस्त्र प्रहरी कालिका गणबाट सप्र।नि उमेश ढकालको कमाण्डमा ७ जनाको टोलीले खोजतलास गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • वातावरण दिवसमा पोखरा १२ मा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । वातावरण दिवस अवसरमा पोखरा वडा कार्यालय १२ र युएनडिपीद्वारा संयुक्त कार्यक्रम गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र…
  • पोखरा आदर्श सेकेन्डरीमा वृक्षरोपण एवं सरसफाइ

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । विश्व वातावरण दिवस अवसरमा पोखरा बगरस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भएको छ । विद्यालय…
  • तामाङ मातृभाषा प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    हेमजा । गण्डकी प्रज्ञा प्रतिष्ठान आयोजना तथा कोकोम्हेन्दो साहित्य समाजको व्यवस्थापनमा पोखरामा तामाङ मातृभाषा प्रशिक्षण भएको छ । सो अवसरमा…
  • अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    हेमजा  । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेपाली सेनाद्वारा सम्मानित भएका छन् । उनलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरी सम्मान…
  • नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पोखरा इन्जिनियरिङ कलेजको आर्किटेक्चर तेस्रो वर्षका विद्यार्थी भारत प्रस्थान गरेका छन् । नेसनल एसोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर…

hero news full width

trending post

ट्रेन्डिङ्ग