पोखरा १८ र ४ का वडाध्यक्ष सम्मानित

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
motor bato progrem photo

पोखरा । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित भएका छन् ।

सराङकोटस्थित सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समितिले वडाध्यक्षद्वय तिमिल्सिना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै शनिबार सम्मानित गरेको हो ।

बाटो स्तरोन्नति कार्यको आय ब्यय सार्वजनिक, सम्मान एवं छलफल कार्यक्रमकाबीच वडाध्यक्षद्वय सम्मानित भएका हुन् ।

कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले ओझेलमा परेका सडकहरुको स्तरोन्नतिमा वडाको ध्यान गएको उल्लेख गर्दै आगामि ४ वर्षमा सडक स्तरोन्नतिमा छलाङ मार्ने बताए । उनले पोखरा हेर्नका लागि सराङकोट उक्लनुपर्ने भएकाले चौर हुँदै मेथलाङ पर्यटन पदमार्ग निर्माण गर्न वडा सकारात्मक रहेको पनि जनाए ।

पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भौगोलिक विकटता भएका वडामा महानगरले प्राथमिकता दिनुपर्ने भन्दै विकास निरन्तर चल्ने प्रक्रिया भएको औंल्याए ।

त्यस अवसरमा पोखरा १८ का वडा सदस्यद्वय नमराज सुवेदी र कल्पना ढकाल क्षेत्री, बाटो निर्माण समितिका अध्यक्ष श्रीभद्र पौडेल, सचिव माया अधिकारी, सल्लाहकार टंकप्रसाद अधिकारी, अनुगमन समितिका सदस्य हरिश्चन्द्र अधिकारी, कोषाध्यक्ष इन्द्रबहादुर केसी लगायतले सडकको महत्वमाथि प्रकाश पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width