पोखरा । पोखराको माटेपानीस्थित आनन्दित गृह नेपालमा पुरानै कार्यसमिति दोहोरिएको छ । संस्थाको शनिबार नवांै साधारणसभा तथा पाँचौं अधिवेशनले डा. यज्ञमान शाक्यको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्ष डा. पदम खड्का, सचिव रुमा राउत शाक्य, कोषाध्यक्ष मेजरमान बज्राचार्य छन् । सदस्यमा छवि गौडेल, सुशीला खनाल र रमेश ताम्राकार चयन भए । रमेश मात्र नयाँ सदस्य हुन् । कार्यकाल २ वर्षको हुनेछ ।
हाडजोर्नी विशेषज्ञ डा. यज्ञमान शाक्यले ज्येष्ठ नागरिकको शारीरिक, मनोसामाजिक, आध्यात्मिक तथा आर्थिक समस्यालाई मध्यनजर गरी २०७० सालमा आफ्नै घरमा आनन्दित गृह (ह्याप्पी होम) खोलेका थिए । यहाँ ९ जना आश्रित छन् । तीमध्ये ६ जना ९० वर्षमाथिका हुन् । आनन्दित गृहमा २५ जना आवासीय तथा ५० जना दिवा सेवामा बस्न मिल्ने क्षमता रहेको अध्यक्ष डा. शाक्यले बताए ।
दिवामा दैनिक यहाँ करिब ४० जना जति ज्येष्ठ नागरिक आउँछन् । उनीहरु भजनकीर्तन, प्रवचन सुन्नुका साथै योग गरी खाजा खाएर फर्किन्छन् । यसअघि साधारणसभाको उद्घाटन गर्दै पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले सरकारले गर्नुपर्ने काम व्यक्तिले गरेको भन्दै आनन्दित गृहको सफलताको कामना गरे ।
कार्यक्रममा श्रद्धासुमन ज्येष्ठ नागरिक प्रालिका नीरज थापा, संस्थाका आजीवन सदस्य गोपाल गुरुङ, महिलाको तर्फबाट मीरा सिग्देल लगायतले बोलेका थिए । कार्यसमिति सदस्य सुशीला खनालले स्वागत र सदस्य छवि गौडेलले संचालन गरेका थिए । सो अवसरमा सहयोगी दाता तथा आजीवन सदस्यलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा इन्टरनेटको फाइबर क्लिन अप सुरु
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०