लेखनाथ । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल देखि पोखरा २७ तालचोक सम्मको सडक मर्मत गरिएको छ ।
हाम्रो बेगनासताल, राम्रो बेगनासतालको पहलमा, बेगनास युवा क्लब, बेगनासताल महिला समूह, बजार व्यवस्थापन समिति, समाजिक अभियन्ताहरु, पत्रकारहरु लगायत विभिन्न सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा सडक खण्डमा रहेका ठूला ठूला खाल्डाहरु शनिबार बिहान पुरेका हुन् ।
पटक पटक सम्बन्धित निकायलाई यस बारेमा जानकारी गराउँदा पनि वास्ता नगरेका कारण बाध्य भएर आफ्नै खर्चमा सो कार्य सुरु गरिएको हाम्रो बेगनसाताल, राम्रो बेगनासतालका अध्यक्ष नवराज ओझाले बताए ।
विगत धेरै वर्ष देखि तालचोक देखि बेगनासताल सम्मको सडक खण्ड जोखिमपूर्ण रहेकाले सर्वसाधारण जनतालाई आवत जावत गर्न कठिनाइ भएका कारण १२ ट्रयाक्टर ग्राभेल ल्याएर पुर्ने काम गरिएको ओझाले बताए । यो एउटा सुरुवात मात्रै भएको बताउँदै ओझाले आगामी दिनमा सम्बन्धित निकायले सडक मर्मत नगरेमा सबै सामाजिक संघ संस्था मिलेर रेडिमिक्स ल्याएर सडक मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनताको जिउधनसँग जोडिएको सडक मर्मत जस्तो संवेदनशिल कार्यमा सम्बन्धित निकायकको ध्यान नजानु दःखद कार्य भएको लाकुरी युवा क्लबका अध्यक्ष सुरेश लामिछानेले बताए ।
सडकको बिचमा ठूला ठूला खाल्टाखुल्डीका कारण सवारी साधन चलाउँदा जोखिम बढेको र सर्वसाधारणलाई पैदल यात्रा गर्न समेत कठिनाइ भएको बेगनास युवा क्लबका अध्यक्ष निराजन बरालले बताए ।
सम्बन्धित निकायद्धारा बाटो मर्मत कार्य नभएको र पछि पनि गर्ने कार्यको कुनै आस नभएकाले सबै सामाजिक संघ संस्था , सामाजिक अभियन्ताहरु जागरुक भएर बाटोको खाल्टाखुल्डी पुर्ने कार्य भएको र आगामी दिनमा पनि जनताको पहलमा सडक मर्मत कार्यलाई निरन्तरता दिने पत्रकार सन्दिप पौडेलले बताए ।
यसै गरी पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले बाटो मर्मत गर्नू कार्य सकारात्मक कार्य भएको बताउँदै वडा कार्यलयबाट विगतमा महानगरमा यस विषयमा जोडतोडका साथ उठाएको बताए ।
बाटो निर्माण कार्य ढिलो हुन गई जनतालाई समस्या परेको स्वीकार गर्दै महानगरबाट छिटै नै बाटो निर्माण कार्य अगाडि बढ्ने आश्वासन पाइएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०