पोखरा । बस्तीलाई डुबानबाट जोगाउनलाई कमलपोखरी ताल आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ । शनिबार ताल क्षेत्रको फोहोर संकलनसँगै ताल क्षेत्रबाट पानीको निकास हुने मुख्य कुलो सफा गरेर बर्खा अगावै डुबानबाट रोक्ने पहल थालिएको हो ।
पोखरा महानगरपालिका–१३ वडा कार्यालयले आयोजना गरेको बृहत सरसफाइ कार्यक्रममा स्थानीयको उल्लेखनिय सहभागिता थियो । ताल क्षेत्रमा भएका प्लास्टिकजन्य फोहोरसँगै झाडी फाँडेर सफा गरेका छन् । कमलपोखरी तालबाट काहुँखोलामा जोड्ने कुलोमा डोजर लगाएर सफा गरिएको छ ।
तालको सुन्दरता बढाउनलाई आसपासको फोहोरमैला संकलनसँगै डुबानबाट जोगाउन डोजर लगाएर कुलो सफा गरेको वडाध्यक्ष किरण बरालले बताए । ‘वर्षेनी आउने भेल बाढीपहिरोले यहाँको बस्तीलाई धेरै प्रभाव पारिरहेको छ । डुबान भइरहन्छ । तसर्थ यसलाई रोक्न हामीले पहल सुरु गरेका हौं’, वडाध्यक्ष बरालले भने । कुलो सफा गरेर पानी निकास खोल्दा डुबान जोखिम कम हुने उनको भनाइ छ ।
स्थानीय शिव गौतमले कुलो बेलामै सफा गरेर पानीको निकास खोलिदिँदा बस्ती डुबानबाट जोगिने बताए । ‘यो सकरात्मक काम हो । यसले गर्दा डुबानको समस्या हट्छ भन्ने हामीलाई विश्वास छ’, उनले भने ।
पहिले १८२ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरी अतिक्रमणको चपेटामा परेर ३२ रोपनीमा खुम्चिएको छ । माथिल्लो तटिय क्षेत्रमा डोजर लगाएर सडक निर्माण गर्दा ताल पुरिँदै कुरुपसमेत बनेको छ । अतिक्रमण हटाउँदै कमलपोखरी ताललाई पुरानै स्वरुपमा वडाले योजना बनाएको वडाध्यक्ष बरालले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा इन्टरनेटको फाइबर क्लिन अप सुरु
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०