इडु ब्रिजको सेवा पोखरामै

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७९
edu-news

पोखरा । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको इडु ब्रिज कन्सल्टेन्सीले पोखराबाट सेवा दिने भएको छ ।

पृथ्वीचोकस्थित निगाता इन्टरनेस्नल ल्याङ्गोइज एन्ड ट्रेनिङ इन्स्टिच्युट साझेदारीमा सेवा दिने भएको हो ।

इडु ब्रिज कन्सल्टेन्सीका प्रबन्धक निर्देशक योगेश क्षत्रीले विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीका लागि निगातासँगको सहकार्यमा सेवा प्रदान गर्ने जानकारी दिए ।
‘२२ वर्षदेखि काठमाडौंबाट इडु ब्रिज कन्सल्टेन्सीमार्फत सेवा दिंदै आएका छौं,’ निर्देशक क्षत्रीले भने, ‘बेलायत, अमेरिका अस्ट्रेलिया, क्यानडा र भारत लगायत देशमा अध्ययनका लागि धेरै विद्यार्थी राम्रो कलेज र युनिभर्सिटीमा अवसर दिइसकेका छौं । त्यसैले अझ सेवाको दायरा फराकिलो बनाउने पोखरासम्म आएका हौं ।’

इडु ब्रिजको पोखराबाट सेवा बिस्तार भएपछि निगाता इन्टरनेस्ल ल्याङ्गोइज एन्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले नै जिम्मेवारी बहन गर्नेछन् । निगाता इन्टरनेस्नल ल्याङ्गोइज एन्ड ट्रेनिङ इन्स्टिच्युटले जापान, न्युजिल्याण्ड, नेडरल्यान्ड, युके, युसए, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुकमा विद्यार्थी भिसामा अवसर प्रदान गर्दै आएको छ । यद्यपि निगाता जापानका लागि ब्रान्ड बनिसकेको छ ।

आगामी दिनमा निगातालाई जापानसँगै युरोपका अन्य मुलुकको ब्रान्ड बनाउन इडुुसँग सहकार्य गरेको सञ्चालक सुनारले बताए । उनले विद्यार्थीलाई निगाताले मुख्यतः जापान पठाउदै आएको बताउँदै अन्य मुलुकमा पनि जान चाहने विद्यार्थीलाई मौका दिंदै आएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width