अक्षरयात्राको १९७ औं कार्यक्रम दुर्गा मन्दिरमा

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७९
achher yatra news

पोखरा ।  अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा भएको छ । ‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ मूलमन्त्रका साथ हरेक महिनाको तेस्रो शनिबार गजलसन्ध्या र नवनीत साहित्य सागरले अक्षरयात्रा गर्दै आएको छ ।

साहित्यिक संस्था स्रष्टा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले भाषा तथा साहित्यको सेवामा लागेको र २ दशकदेखि तत्स्थानमा साहित्य सिर्जना गरी वाचन गर्ने पाको कार्यक्रम अक्षरयात्रामा सहभागी भई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

अक्षरयात्राका परिकल्पनाकारमध्येका एक लक्ष्मण थापाले २०६२ सालदेखि सञ्चालित यो कार्यक्रमले पोखराआसपास मात्र नभई लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा र पर्वतका विभिन्न प्रसिद्ध पर्यटकीय ठाउँमा कार्यक्रम गरेको स्मरण गरे ।

कार्यक्रममा नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नन्दप्रसाद सुवेदी, ध्रुव विपश्वी, गुरुप्रसाद बराल, लाल कार्की अञ्जान, सन्दीप अधिकारी, हरिप्रसाद बराल, माधव खतिवडा र वसन्त विनोदलगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रम व्यवस्थापन गर्ने स्थानीय संस्था स्रष्टा समाजका अध्यक्ष गोविन्दप्रसाद बराल र गजल सन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन गजल सन्ध्याका सहसचिव माधव खतिवडाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…
  • ठूलाकोटमा अक्षरयात्राको २०९ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । गजल सन्ध्या र नवनीत साहित्य सागर आयोजनामा सञ्चालन हुँदै आएको अक्षरयात्राको २०९ औं शृंखला पोखरा २८ ठूलाकोटमा सम्पन्न…

hero news full width