पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको संयुक्त आयोजनामा ‘अपराध अनुसन्धान कार्य सुधार गोष्ठी’ शनिबार सम्पन्न भएको छ । प्रहरीले गर्ने अपराध अनुसन्धानलाई त्रुटिरहित बनाइ अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रम गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले उद्घाटन गरे ।
डिआइजी गुरुङले गोष्ठीमा गरिने अपराध अनुसन्धान सम्बन्धी अनुभव आदान प्रदानले अनुसन्धानकर्ताहरुमा थप सतर्कताका साथै दक्षताको विकास गरी अनुसन्धानमा प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।
डिआइजी गुरुङले अपराध अनुसन्धान प्रभावकारी र पारदर्शी भएमा अपराध नियन्त्रणको उपाय समेत पत्ता लगाउन सकिने बताउँदै सानो वा ठूलो जुनसुकै अपराध अनुसन्धान सिंगो प्रहरी संगठनको छविसँग सम्बन्धित हुने भएकोले अनुसन्धानकर्ताले त्रुटिरहित अनुसन्धान गर्नुपर्ने बताए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान गर्ने सम्पूर्ण प्रहरी कार्यालयका अनुसन्धानकर्ताहरु गोष्ठीमा सहभागी थिए । अपराध अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने घटनाको प्रारम्भिक अनुसन्धान, हिरासत व्यवस्थापन, सबुद संकलन तथा परीक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटि र सुधारका विषयमा गोष्ठीमा छलफल गरिएको थियो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले सञ्चालन गरेको गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्यांक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०