पोखरा । फिल्म निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ । रामनवमी अवसरमा घोषणा गरिएको फिल्म भदौदेखि छायाङ्कनमा जाने छ ।
निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहने फिल्ममा अर्पण थापाको पनि अभिनय रहने छ ।
पारिवारिक कथामा निर्माण हुने फिल्मले मध्यम वर्गीय बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशक लामिछानेले बताए । पोखरेली निर्देशक लामिछानेको निर्देशनमा बनेको ‘लन्डन टु पेरिस’ प्रदर्शन तयारीमा छ । उनले यसअघि ‘धौली, पञ्चेबाजा, अग्निदहन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् ।
अजयको कथालाई अहिले मनीष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ । निर्माता अधिकारीले केही समय अगाडि ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोरमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।
Related News
सम्बन्धित समाचार
अभिनयमा डेब्यु गर्दै मनाङे
श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
‘बुलाकी’ को प्रदर्शन रोकिने
मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’
प्रोमोसनका लागि ‘ह्यारीकी प्यारी’ टिम पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०