पोखरा । पोखरा ३१ स्थित वेगनासकोटमा निर्मित कोटभैरव मन्दिर उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चैतेदसैं अवसरमा आयोजित एक कार्यक्रममा मन्दिर उद्घाटन गरेका हुन् ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित मन्दिर गत वर्ष ९ चैतमा तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरेका थिए । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा मन्दिर तथा क्षेत्र संरक्षणको लागि २० लाख विनियोजन गरेकोमा चालु आवमा १५ लाख विनियोजन भएको थियो ।
कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरा महानगरबाट यस आर्थिक वर्षको लागि विनियोजन भएको २५ लाख बजेटमा निर्माण हुने कोटभैरव क्षेत्र संरक्षण आयोजनाको समेत शिलान्यास गरी शुभारम्भ गरे ।
उनले वेगनासकोट वराहक्षेत्र तथा वराहक्षेत्र वेगनासकोट पदमार्गलाई धार्मिक पर्यटन साथै हाइकिङ क्षेत्रको रुपमा एकीकृत विकास गर्नुपर्नेमा जोड दिए । पोखरामा रहेका कोटहरुको विकासको लागि महानगर लागिपरेको उनले बताए । समारोहमा नेपाल सरकारका उपसचिव वसन्त तिवारीले विकासलाई आर्थिक वृद्धि तथा आयआर्जनमा जोड दिँदै पर्यटकलाई आउआउ लाग्ने ठाउँ बनाउन सकियो भने मात्र पर्यटकको आगमन हुनेमा जोड दिए ।
पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले आफ्नो वडा भौगोलिक रुपमा ठूलो रहेको तर विकासमा पछाडि रहेकोले विद्यमान वडाका समस्याहरुका उल्लेख गर्दै थप स्रोत परिचालनको लागि जोड दिए ।
भूपेन्द्र रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा श्रीराम कँडेलले संचालन र लोकनाथ पाण्डेले स्वागत गरेका थिए । कार्यक्रममा गोकर्ण तिवारी, मदन सापकोटा, अमृत पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
अचम्मको संस्कृति : आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ
नागेश्वर मन्दिरमा विष्णुप्रसाद
आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता
लेखनाथमा धिमे बाजा प्रशिक्षण
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०