सृजना विकास केन्द्रको सामाजिक परीक्षण

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७९
srijana audit

पोखरा । सृजना विकास केन्द्रको सामाजिक परीक्षण कार्यक्रम गरेको छ । वार्षिकरुपमा लेखापरीक्षणसँग संस्थाको प्रभावकारी अनुगमन मूल्यांकन कार्यमा सरोकार निकायबाट सुझाव संकलन लिइएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।

२०३७ देखि संस्थाले टोल हुँदै राष्ट्रियस्तरमा सामाजिक, शैक्षिक, खेलकुदका गतिविधिसहित २०६४ बाट सृजना बालगृह सञ्चालन गर्दै आएको छ । सरकारको मापदण्ड मूल्यांकनका लागि संस्थाको समस्या चुनौतीमा सामाजिक परीक्षणमार्फत दिशानिर्देश गरेको सहजकर्ता नीकिता कोइरालाले बताइन् ।

पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले कार्यक्रम उद्घाटन गर्दै संस्थाको गरिमा कायम गराउन सामाजिक परीक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका प्रमुख बद्रीप्रसाद वाग्ले, पोखरा महानगर सामाजिक शाखा बालकल्याण प्रमुख विष्णुकुमारी पौडेलले बालगृह सञ्चालन मापदण्डमा सञ्चालन हुन बालगृहले गर्नुपर्ने काम कत्र्तव्यबारे सहजीकरण गरेका थिए ।

सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का सदस्य शिवराम भण्डारी, संस्थाका सल्लाहकार सभापति गणेशबहादुर अधिकारी, बालगृह समिति संयोजक सोमनाथ बराल, पूर्व अध्यक्षहरु हरिप्रसाद बराल, इन्द्रप्रसाद पौडेल, जनप्रिय क्याम्पसका प्रमुख लोकराज भण्डारी, सृजना महिला सहकारीका उपाध्यक्ष शारदा गिरी, केन्द्रका प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिव विश्व श्रेष्ठ लगायतले केन्द्रका गतिविधिबारे धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…
  • सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा ९ वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । वडावासीले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा…
  • हेम्जा बोर्डिङमा जुरेस

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । हेम्जा बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन…
  • कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठान अध्यक्षमा पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । शनिबार पोखरामा…

hero news full width