पोखरा । नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा हुने भएको छ । नेपाल पत्रकार संघ गण्डकीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाल मगर संघ कास्कीको हलमा हुने अधिवेशनबारे जानकारी दिएको हो ।
अधिवेशनले नयाँ नेतृत्व चयनदेखि कौरा नृत्य प्रदर्शनीसहित भाषा, संस्कृति संरक्षणको भूमिकाका विषयमा ध्यान दिने मगर संघ गण्डकीका अध्यक्ष सिद्धान्त थापामगरले जानकारी दिए । ‘ऐतिहासिक दोस्रो प्रदेश अधिवेशनको तयारीको अन्तिम चरणमा पुगेका छौं’, अध्यक्ष थापामगरले भने, ‘अधिवेशनले विधि विधानमा टेकेर नयाँ नेतृत्व गर्नेछ ।’
अधिवेशनमा ११ जिल्ला समिति, ६ वटा भातृ संस्थाबाट २ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने भएको छ । त्यसैगरी करिब ५० जना बढी अतिथि सहभागी रहनेछन् । अधिवेशनको प्रमुख अतिथिमा केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर रहने वरिष्ठ उपाध्यक्ष गणेश थापाले जानकारी दिए ।
गण्डकी प्रदेशमा ४ लाख ५१ हजार ३ सय ६५ मगर जातिको जनसंख्या रहेको उपाध्यक्ष तारा थापामगरले जानकारी दिइन् । अधिवेशनमा गण्डकीका ८५ पालिकामध्ये ७० पालिकाको सहभागिता रहने उनले बताइन् ।
Related News
सम्बन्धित समाचार
पोखरा इन्टरनेटको फाइबर क्लिन अप सुरु
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०