आत्महत्या रोक्न टिकटक प्रतियोगिता

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७९
tiktok

पोखरा । पोखरामा आयोजित टिकटक प्रतियोगितामा अनिशा अधिकारी र एलिशा अधिकारीको टिम प्रथम भएको छ । कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठन र अन्नपूर्ण एफएमको सहकार्यमा आत्महत्या रोकथामविरुद्ध सचेत बनाउने टिकटक प्रतियोगिता गरिएको थियो ।

अधिकारी जोडी पोखरा २५ निवासी हुन् । जुम्लाकी लक्ष्मी खत्री दोस्रो र पोखरा ७ कि प्रतिमा पौडेल तेस्रो भए । १५ जनाले भाग लिएको प्रतियोगितामा मनोविद् विजय राई, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, एफएमका बजार व्यवस्थापक नारायण पौडेल, लेक सिटी कलेजकी प्राध्यापक रोशना कुँवर निर्णायक थिए । विषयबस्तु, सन्देश, प्रस्तुति, प्रभावकारिता, समय, शब्द र भाषा छनोटको आधार थियो । सामाजिक सञ्जाल प्रयोग गरेर आत्महत्या रोकथामविरुद्ध सचेतना फैलाउन सकिने रहने सिकाइ भएको मनोविद् विजय राईले बताए ।

Related News

सम्बन्धित समाचार

  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…
  • सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा ९ वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । वडावासीले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा…
  • हेम्जा बोर्डिङमा जुरेस

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । हेम्जा बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन…
  • कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठान अध्यक्षमा पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । शनिबार पोखरामा…

hero news full width