पोखरा । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अंकित झण्डा हस्तान्तरण गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोली नेता क्याप्टेन भीमबहादुर भुजेललाई महानगरपालिकाको लोगो अंकित झण्डा हस्तान्तरण गरेका हुन् ।
प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिका साथमै रहेको बताए । ‘पोखरा माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरि लगायतका हिमशृंखलाहरुको काखमा रहेको सहर हो,’ प्रमुख आचार्यले भने, ‘हिमाल बिनाको पोखरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौं ।’ पछिल्लो समय हिमालमा बढेको मानवीय क्रियाकलापका कारण भइरहेको वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएको उनले उल्लेख गरे ।
सर्वसाधारणहरूको सहज पहुँच नपुग्ने र भौगोलिक तथा वातावरणीय अवस्थाका कारण पनि सफाइमा कठिनाइ हुने भएकाले यस कार्य लागि नेपाली सेनाले देखाएको तत्परता सह्रानीय भएको प्रमुख आचार्यले बताए । सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताहरूको हौसलाका लागि पोखरा महानगरपालिकाको तर्फबाट नगद १५ लाख सहयोग गरिने उनले बताए ।
नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी दीपककुमार बानियाले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तरगत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागिएको बताए ।
हिमाल सफा गर्न जाने टोलीलाई पोखरा महानगरले झण्डासहित बिदाइ गरेको छ
हिमाल र ती हिमालहरूको बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उनले उल्लेख गरे ।
सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई ८ हजार मिटर भन्दा माथिका सबै हिमालहरूमा सञ्चालन गरिने उपरथि बानियाले बताए ।
यसअघि नेपाली सेनाले २०२१ मा धौलागिरि र सन २०२२ मा मनासलु हिमालमा सफाइ गरिसकेको छ । १९३० को दशकदेखि सगरमाथाको आरोहण पूर्व आरोहीहरूले गर्ने पूर्वअभ्यासका क्रियाकलाप ८ हजार मिटर माथिका विभिन्न हिमालहरूमा केन्द्रित भएपछि बढेको फोहोर विगत ७० वर्षदेखि डम्प भइरहेको नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले बताए ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका सङ्घसंस्थाहरूले प्राविधिक सहयोग गरेका छन् ।
अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरूबाट करिब ३५ टन फोहोरहरू संकलन गर्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवसमा समापन गरिने उक्त अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०