पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य चुनावी पारो ह्वात्तै तातेको छ । नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको केही घन्टामै अर्को खबर सार्वजनिक भयो, अर्थविद् स्वर्णिम वाग्लले कांग्रेस त्याग गरेको । फेरि अर्को खबर आयो स्वर्णिम राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ १ मा चुनाव लड्ने भनेर । कांग्रेस त्याग गरेका स्वर्णिमले लेखे, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’ उनले आफू अर्को पार्टीमा प्रवेश गरेको उल्लेख त गरेका छैनन्, तर स्वतन्त्र पार्टीका नेताहरुले स्वर्णिम रास्वपाबाट तनहुँ १ लड्ने निधो भइसकेको उल्लेख गरेका छन् ।
रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरे । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गरेका छन् ।
बिहीबार पार्टी परित्यागको घोषणा गरेका वाग्लेले नेतृत्वको कारण अलग्गिनुपरेको बताएका छन् । ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णसमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘अब कांग्रेस÷कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’
कांग्रेसबाट गोविन्द, एमालेबाट सर्वेन्द्र र रास्वपाबाट स्वर्णिम
आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । यद्यपि एमालेले उम्मेदवारको टुंगो भने लगाएको छैन ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिवार्चन हुँदैछ । २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय बिहीबारै गरेको छ । तनहुँ १ मा नेता भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो । बारा क्षेत्र नं २ मा भनेपछि निर्णय गरिनेछ ।
चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकताको विवादमा परेपछि सो स्थान रिक्त भएको हो । बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उक्त स्थान रिक्त भएको हो ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०