आमाहरुको पढ्ने धोको

साधन राम्जाली
चैत्र १७, २०७९
mother-see exam (1)

म्याग्दी । बेनी मंगलघाटस्थित उज्यालो वैकल्पिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ९ जना आमाहरु सहभागी हुँदैछन् । विद्यालय संचालक समितिले एसइईमा सहभागी हुने ९ जना आमाहरुलाई परीक्षाको सफलता शुभकामना दिंदै बिदाइ गरेको छ ।

शुक्रबारदेखि सुरु हुने परीक्षामा सो विद्यालयबाट ५० वर्षीया डिलकुमारी पुर्जा, ३७ वर्षीया इन्द्रामती फगामी, ३५ वर्षीया संगीता छिनाल, ५७ वर्षीया राधादेवी पुन, ५४ वर्षीया तुलकमारी मल्ल केसी, ३९ वर्षीया धनकुमारी विक, ४० वर्षीया रामदेवी पुन, ४९ वर्षीया विष्णुकुमारी गुरुङ र २८ वर्षीया पूजा छन्त्यालले परीक्षा दिन लागेको विद्यालय संचालक समिति अध्यक्ष राजेश शाक्यले बताए ।

निवर्तमान जिल्ला समन्वय समिति म्याग्दी सदस्य समेत रहेकी रामदेवी पुनले सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुँदै गर्दा शैक्षिक योग्यताको जरुरी छ भनेर परीक्षा दिन थालेको बताइन् । शिक्षा आर्जन गर्न उमेर बाधक नहुने उनको तर्क छ । ‘सानो हुँदा गाउँमा पढ्न पाइएन । घरपरिवारमा वातावरण पनि मिलेन,’ उनले भनिन् ।

उज्यालो वैकल्पिक विद्यालयबाट ९ जना आमाहरुले एसइई दिँदैछन्

बेनी सामुदायिक विद्यालयअन्तर्गत २०७३ सालमा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालयले सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलामा पठनपाठन संचालन गर्दै आएको छ ।

आमाहरुको पढ्ने धोको पूरा गर्न संचालन गरिएको यस विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दाताहरुमा प्राप्त चन्दाबाट संचालन गरिएको अध्यक्ष शाक्यले बताए । विद्यालयबाट अघिल्लो वर्ष ७ जना आमाहरुले एसइई पास गरेका थिए । यस विद्यालयमा २० वर्षभन्दा माथिका ३९ जना आमाहरु पढछन् ।

म्याग्दीबाट यस वर्ष कुल २ हजार १ जना परीक्षार्थीले एसइई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले बताए । तीमध्ये नियमितर्फ १ हजार ९ सय ७, ग्रेड वृद्धितर्फ १७ र प्राविधिक धारतर्फ ७७ जना परीक्षार्थी छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङमा नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुलमा १५ सदस्यीय नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन भएको छ । नेपाल एस्ट्रोनोमीकल सोसाइटी (नासो) र इन्टरनेसनल…
  • माउन्ट अन्नपूर्णमा अभिभावकलाई प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा । माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा नदीपुरमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि कारुणिक अभिभावकत्व प्रशिक्षण…
  • मदरल्यान्डमा विद्यार्थीलाई म्याकबुकसहित सम्मान

    आदर्श समाज सम्वाददाता जेठ १९, २०८०
    पोखरा । विद्यार्थीमा रहेको प्रतिभा तथा सिक्ने इच्छाशक्तिलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखराको मदरल्यान्ड माविमा शुक्रबार प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता…
  • कञ्चनजंघा स्कुलमा अंग्रेजी हिज्जे

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८०
    पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा अंग्रेजी बोर्डिङ स्कुलमा मंगलबार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता भएको छ ।…
  • अक्सफोर्डमा सचेतनामूलक नाटक प्रदर्शन

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८०
    पोखरा । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसरमा युरेस अक्सफोर्ड स्कुलले नाटक मञ्चन गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट स्वास्थ्यमा पर्ने…

hero news full width