पोखरा । चैते दसैं अवसरमा पोखरा महानगरपालिका वडा ८ ले वडाध्यक्ष कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता गरेको छ । स्वस्थ्यसँगसँगै खेलकुदमार्फत आपसी भाइचारा विकास गर्ने उद्देश्यले २ दिनसम्म आयोजित प्रतियोगितामा ४२ जना खेलाडीले भाग लिएका थिए । वडाध्यक्ष रुद्रनाथ बराल आफैँ पनि ¥याकेट लिएर कोर्ट उत्रिएका थिए । अशोक श्रेष्ठसँग मिलेर जोडी बाँधेको उनको टिम भेट्रान्सतर्फ दोस्रो हुन सफल भयो ।
पोखराको मुख्य बजार क्षेत्रमा पर्ने वडा ८ ले दोस्रोपल्ट यसखालको प्रतियोगिता गरेको हो । सामाजिक विकाससँगै वडाले खेलकुदमार्फत थप चिनारी दिंदै आएको वडाध्यक्ष रुद्रनाथ बराल बताउँछन् । आफ्नो पहिलो कार्यकालमा सुरुआत भएको प्रतियोगिता आगामी वर्षमा पनि निरन्तरता दिने उनले बताए ।
प्रतियोगिताको उद्घाटन र समापनमा उपस्थित छिमेकी वडाका अध्यक्षहरुले पनि आफूहरुले पनि खेलकुदलाई प्राथमिकता दिने जनाए । वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा ७ का अध्यक्ष राममोहन आचार्य र वडा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले सो प्रतिबद्धता जनाएका हुन् ।
खेलाडीको हौसला वृद्धिका लागि प्रतिनिधि सभा सदस्य विद्या भट्टराई पनि समापनमा उपस्थित भइन् । उनले खेलकुदको विकास ग्रासरुटबाटै हुनुपर्नेमा जोड दिइन् । उनले वडास्तरमा यसखालका प्रतियोगिताले अनुशासन, शारीरिक एवं मानसिक स्वास्थ्यमा सघाउ पुग्ने बताइन् । खेल पर्यटनबाट पोखरालाई विश्वसामु चिनाउन सकिने उनको तर्क थियो । खेल क्षेत्रमा कुल बजेटको ८ प्रतिशतमात्र विनियोजनले पर्याप्त नहुने भन्दै सांसद भट्टराईले आफूले संसदमा नीति निर्माणसँगसँगै थप बजेट विनियोजनमा पहल गर्ने बताइन् । पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंशगाला निर्माणमा हुनुपर्नेमा पनि उनको जोड थियो ।
युनिक ब्याडमिन्टन क्लब संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा भएको प्रतियोगितामा सुरेश तामाङ र नारायण रानामगरको जोडीले खुलातर्फ उपाधि जितेको छ । दिल सुनारी र श्याम थापाको जोडीलाई २१–१६ र २१–१५ सोझो सेटमा हराउँदै उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । देवन थापा र सूर्यबहादुर थापाको जोडी तेस्रो भयो ।
भेट्रान्सतर्फ सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडी पहिलो भयो । वडाध्यक्ष रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडीलाई १४–२१, २१–१९ र २१–९ सेटमा पराजित गर्दै सरोजको जोडीले उपाधि जितेको हो । सो इभेन्टमा फुर्वा छिरिङ गुरुङ र रविनकुमार विश्वकर्माको जोडी तेस्रो भयो ।
विजयीलाई सांसद भट्टराईले खेल सामग्रीसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हस्तान्तरण गरिन् । कार्यक्रममा वडा सदस्य गोविन्द बराल, निवर्तमान वडा सदस्य किरण गौतम र वडासचिव सविता ढुंगाना, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले पनि खेलकुदको महत्वबारे बोलेका थिए । पोखरा महानगरमा ३३ वटा ओटा छन् । अन्य वडाहरु पनि बेलाबखत कुनै न कुनै प्रतियोगिता गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०